एकैपटक चार महिला एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा सिफारिस समितिले लामो समयदेखि रिक्त रहेको डिआइजी पदको लागि बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवाको पहिलो नम्बरमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख वसन्तबहादुर कुँवर परेका छन् । दोस्रो नम्बरमा मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख टेकप्रसाद राई, तेस्रोमा कार्यविभाका अशोक सिंह, चौथोमा मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखाका दीपक थापा र पाँचौँमा विपद् व्यवस्थापन कार्यालय सामाखुसीका श्यामलाल ज्ञवालीको बढुवा सिफारिस भएको हो ।

किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेक प्रसाद तामाङ, उमेशराज जोशी, भीम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन् ।

हेर्नुहोस् सूची :-

नयाँ इतिहास
बढुवा समितिको बैठक चार जना महिलालाई एकैपटक एसएसपीबाट डीआईजी बढुवामा सिफारिस गरेसँगै नयाँ इतिहास बनेको छ । ०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना चारैजना डीआईजी बढुवा सिफारिसमा परेका हुन् ।

उनीहरू चारैजनाको आईजीपी बन्ने सम्भावना कायम छ । प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृत मात्र डीआईजी बनेका छन् । यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए । अहिले चारजना डीआईजी सिफारिस भएसँगै प्रहरीमा नयाँ इतिहास बनेको हो । अहिले पूजा सिंह अहिले एआईजी छन् भने प्रहरीमा हालसम्म महिला आईजीपी नियुक्त भएका छैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोंगबुको होटलमा महिलाको शव फेला, एक पुरुष पक्राउ

काठमाडौं । काठमाडौंको गोङ्गबुमा एक महिलाको शव भेटिएको छ । मोरङको लेटाङ घर भई हाल …

प्रतिकृया दिनुहॊस