सनराइज बैंकद्वारा एक वर्षमा २५०० बढीलाई वित्तीय साक्षरता

काठमाडाैँ । देशव्यापी रुपमा नागरिकहरूमा वित्तीय साक्षरता अभिबृद्धि गर्ने प्रमुख उद्देश्य अनुरुप सनराइज बैंकले नेपालका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

नागरिकहरूमा बैंकिङ्ग सेवा सुविधाको बारेमा जनचेतना कम रहेको हालको परिप्रेक्षमा बैंकिङ्ग सेवा सुबिधाको प्रयोगले कसरी जीवनस्तर विकास गर्न सकिन्छ, बचतको महत्व, कर्जाको सदुपयोग, सुरक्षित विप्रेषण प्रणालीको प्रयोग, डिजिटल बैंकिङ्गको प्रयोगले गर्न सकिने समयको बचत, डिजिटल बैंकिङ्गमा कसरी सुरक्षित रहन सकिन्छ लगायतका विषयहरुलाई समेटेर देश व्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

गण्डकी प्रदेशमा बागलुङ, सुन्दरबजार र कावासोती, लुम्बिनी प्रदेशमा सुनवल, नेपालगञ्ज र भैरहवा, कर्णाली प्रदेशमा वीरेन्द्रनगर र जुम्ला र सुदूरपश्चिम प्रदेशमा धनगढी,महेन्द्रनगर र डडेलधुरामा बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।

केही समयअघि मात्रै पनि बैंकले प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशमा साक्षरता कार्यक्रम गरी सकेको छ । यस अभियान अन्र्तगत बैंकले यसै वर्ष मात्र २५०० भन्दा बढी महिला, साना व्यवसायी तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिँदै जाने बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । …

प्रतिकृया दिनुहॊस