काठमाडौंमा बलात्कारपछि लुटपाट गरी भागेका आरोपित पक्राउ

काठमाडाैँ । बलात्कारपछि लुटपाट गरी फरार भएका आरोपित पक्राउ परेका छन् । काभ्रे तेमाल गाउँपालिका-९ घर भई बनेपामा डेरा गरी बस्दै आएका २९ वर्षीय विश्व तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तामाङले गएको जेठ २९ गते बेलुका २४ वर्षीय ती महिलालाई काठमाडौँ महानगरपालिका-११ भोटेबहालको एक होटलमा लगेर बलात्कार गरेका थिए । भोटे, जय, आशिषलगायतका नामबाट आफूलाई चिनाउने गरेका तामाङले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनी प्रलोभनमा गेष्ट हाउसमा राखी पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

तामाङले ती महिलाको साथमा रहेको नगद एक लाख, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए । त्यसपछि पीडितले जेठ ३१ गते प्रहरी वृत्त कालीमाटीमा उजुरी दिएकी थिइन् । तत्कालै ती महिलालाई परोपकार प्रसुती गृह लगी उनको विस्तृत स्वास्थ्य र शारीरिक परीक्षण गराई अनुसन्धानको थालेको प्रहरीले जनाएको छ ।

पीडकको नाम, थर, ठेगानासमेत थाहा नभएको, उनको फोटो समेत नरहेको र गेष्‍ट हाउसमा बस्दासमेत पीडित महिलाकै परिचयपत्र, मोबाइल नम्बरमार्फत डाटा इन्ट्री गराएको पाइएको थियो । तर, प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा तामाङलाई यही असार ५ गते राति ११ बजे पक्राउ गर्‍यो।  उनीमाथि मुलुकी अपराध (संहिता)अनुसार कारबाही गर्न अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कार्यसूचीमै प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक आगामी आईतवारसम्मका लागि स्थगित …

प्रतिकृया दिनुहॊस