अजोड इन्स्योरेन्सकाे कृषी बीमा सेवा

अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा गुल्मी जिल्लाको इश्मा गाऊपालिकाको वडा नं. १ को वडा कार्यालयमा घुम्ति बीमा सेवा तथा स्थानिय निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरि घुम्ति बीमा सेवाबाट बीमाशुल्क आठ लाख एकासि हजार सात सय पचास रुपैयाँ  गरिएको थियो । सो अवसरमा इश्मा गाऊपालिका वडा नं. १ का वडा अध्यक्ष श्शर बहादुर कुवरको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए ।

अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र मानब संसाधन तथा प्रशासन प्रमुख प्रेम राज पाण्डेले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए। उक्त कार्यक्रममा सो वडाका वडा सदस्यहरु तथा स्थानिय कृषकहरुको उल्लेख्य उपस्थिति रहनुका साथै अजोड इन्स्योरेन्स लिमिटेडका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस