आइएमई जनरल इन्स्योरेन्स लिमिटेड STEM Center Pvt. Ltd. बिच सेवामा छुट सम्बन्धि सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड रSTEM Center (Sugar, Thyroid, Endocrinology and Multispecialty Center) बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र STEM Center का अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई STEM Center बत्तीसपुतली, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैः Pathology Test, Radiology Test, Pharmacy, Dental तथा Ophthalmological products मा १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ । सोही अवसरमा Pathology बाट प्राप्त हुने Radiology को १ सय ८९ भन्दा बढी त्यसै गरी Test को ८१ भन्दा बढी ३७ भन्दा बढी Test लगायत अन्य सेवाहरु समेतमा १५ प्रतिशतसम्मको छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकमहानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले STEM Center सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए।

 

 

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस