नबिल कार्ड प्रयोगकर्तालाई प्रदान एयरवेज १० प्रतिशत छुट दिने सम्झौता

काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ । सम्झौताअन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुने बैंकले जनाएको छ ।

उक्त गन्तव्ययमा हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने सम्झौता भएको बैंकले जनाएको छ । यो छुट २०७९ असार १७ गतेबाट लागु हुने छ ।

सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अन्तर्गत विजनेस र इकोनोमीक क्लास हवाई टिकटमा १० प्रतिशत छुट पाइने बैंकले जनाएको छ । जसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक …

प्रतिकृया दिनुहॊस