सहाराविहीन बालबालिकाहरू खोज्दै जाजरकोट र रुकुम पुगिन् जयन्ती

जाजरकोट । विपन्न, सहाराविहीन र पीडित जनताको सेवामा सक्रिय युवा समाजसेवी जयन्ती थापा सहाराविहीन बालबालिका खोज्दै जाजरकोट पुगेकी छिन् । बाह्र वर्ष देखि परिवार सहित अमेरिकामा बस्दै आएकी समाजसेवी थापा जाजरकोटमा रहेका सहाराविहीन बालबालिकाहरूलाई खाद्य तथा पढाइ सहयोगका सामाग्री दिन बिहीबार खलङ्गा पुगेकी हुन् ।

नेपाल पत्रकार महासङ्घ जाजरकोटका पूर्व अध्यक्ष जनक केसीको सम्पर्कमा जाजरकोट पुगेकी जयन्तीले बिहीबार सदरमुकाम खलङ्गाको थाप्लेस्थित नेपाल आमा अनाथश्रममा आयोजित एक कार्यक्रमका बिच ४० हजार बराबरको खाद्य तथा अन्य शैक्षिक सामाग्रीहरू वितरण गरिन् ।

जयन्तीले व्यक्तिगत सहयोग गरेर विगत चार वर्ष देखि पढिरहेका छेडागाड नगरपालिका वडा नम्बर १३ चैते टाकुराका चार जना सहाराविहीन दलित बालबालिकाहरू र अनाथ श्रममा रहेका २७ जना अनाथ बालबालिकाहरूलाई आफै उपस्थित भएर उक्त सहयोग सामाग्रीहरू हस्तान्तरण गरेकी हुन् । आफू बाचुन्जेल सम्म दीनदुखीको सेवामा रमाउने चाहना रहेको जयन्तीले बताइन् । ‘जहाँ रहे पनि नेपालीपन, नेपाली माटो र नेपाली मनप्रतिको माया, भावना र विश्वासले सधैँ नेपाल र नेपालीका लागि केही गरिरहन मन लाग्छ,’ जयन्तीले भनिन् । म जहाँ छु नेपाली दिनदुखीको लागि छु, जे गर्छु दुखमा परेकाहरूको हितका लागि गर्छु ।’

सानो छोरा र जवान छोरीलाई साथैमा लिएर रुकुम, जाजरकोट दैलेख र कैलाली लगायतका जिल्लाका विपन्न बालबालिका र जनतालाई भेट्न पुगिरहेकी जयन्तीले नेपाली माटो, नेपाली जीवन र नेपाली माया बुझाउन छोरा र छोरीलाई साथैमा लिएर हिँडेको बताइन् । जयचन्द्र मिडिया ग्रुप प्रालिको समन्वयमा आयोजित कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ जाजरकोटका पूर्व अध्यक्ष जनक केसीले परोपकारी भावना र ठुलो मन भएकी जयन्तीको सहयोगले धेरै विपन्न र सहाराविहीन बालबालिकाहरूले पढाइ र खानाका लागि ठुलो सहयोग पाएको बताए । मनकारी जयन्ती हामी सबैका लागि उदाहरणीय पात्र हुनुहुन्छ, अरूको सेवा सहयोगमा निःस्वार्थ मनले काम गर्ने विरलै व्यक्तिहरू मध्य जयन्ती पनि एक हुन, पूर्व अध्यक्ष केसीले भने ।

नेपाल आमा अनाथश्रमकी सञ्चालक नरिन्ताकुमारी शाहले जयन्तीको सहयोगले आफ्नो संरक्षणमा रहेका बालबालिकाहरूलाई ठुलो राहत मिलेको बताइन् ।‘ समुद्रपारिका देशमा रहेकी जयन्तीले जाजरकोटका लागि गरेको सहयोग बहुमूल्य छ,’ नरिन्ताले भनिन् । धन भएर मन नहुनेहरूको भीडमा जयन्ती एउटा मनको धनी व्यक्ति भएको उनले बताइन् ।

कार्यक्रममै छेडागाड नगरपालिका वडा नम्बर १३ चैतेटाकुरामा घर भई जयन्तीको सहयोगले १२ कक्षा सम्म पढ्न पाएकी प्रतिभा परियारले जयन्ती आफूहरूको जीवनमा भगवान् बनेर आएको बताइन् । उनले बुबाको मृत्यु र आमाले छोडेर अरूसँगै बिहे गरेपछि आफूहरू एक्लो मात्र नभई ठुलो आपतमा परेको वेला जयन्तीले आफूहरूलाई पढाउने जिम्मा लिएर ठुलो पुण्यको काम गरेको बताइन् ।

आफ्ना बुबा, छोराछोरी सहित जाजरकोट खलङ्गा पुगेकी थापालाई उनको समाजसेवा र मानव कल्याणप्रतिको कर्मको सम्मान स्वरूप जयचन्द्र मिडिया ग्रुप प्रालि र नेपाल आमा अनाथाश्रम जाजरकोटले संयुक्त रूपमा सम्मानपत्र समेत प्रदान गरे ।

विगत एक दशक देखि मुलुकका कर्णाली लगायत अन्य जिल्लाका दुई दर्जन सहाराविहीन बालबालिकाहरूको पठनपाठनमा जयन्तीले व्यक्तिगत रूपमा लगानी गरिरहेकी छिन् । यस्तै विभिन्न घटना र कारणले पीडित तथा विपन्न भएका जनतालाई पनि खाद्य, लत्ताकपडा, शिक्षा, स्वास्थ्य र अन्य सहयोगका लागि पनि जयन्तीले निरन्तर सक्रियता देखाइरहेकी छिन् ।

जयन्तीको समाजसेवी कर्म सवैका लागि सत्कर्म र सिर्जनात्मक अभियानका लागि प्रेरणा र ऊर्जाको श्रोत रहेको स्थानीय सरोकारवालाहरू बताउँछन् । ‘विदेशी भूमिमा सुखसयलको जीवनमा रहेर पनि नेपालका दुरदराजका विपन्न जनताको सेवामा तान्निन खोज्नु जयन्तीको नेपाली माटोप्रतिको चोखो प्रेम हो,’ अधिवक्ता सहदेवजंग शाहले भने ।

त्यस्तै रुकुम पश्चिम आठविसकोट नेपालमा मेरो शैक्षिक अभिभावकत्वमा विगत ६ बर्षदेखि अध्ययन गर्दै आईरहेका ५ जना साहारा विहिन बालवालीकासँग प्रत्यक्ष रुपमा भेटेर तथा उनिहरुको सम्पूर्ण अवस्थाको बारेमा जानकारी लिँदै उनिहरुलाई तत्काल आवश्यक पर्ने शैक्षिक सामग्री बितरण गरेकी छिन् । सबै समन्वय गर्ने सृजनशील महिला विकास केन्द्र आठविसकोट रुकुम पश्चिम प्रति आभारी रहेकाे वताउँदै आठविसकोट नगरपालिका का नगर प्रमुख,उप-प्रमुख,वडा अध्यक्ष,सदस्य र उपश्थित सबै सम्मानित व्यक्तित्वहरुले देखाएकाे मायाँले उत्साहित भएकाे जानकारी दिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज सरकारी निकायको भय रहला । अविश्वास उत्पन्न हुनेछ । परिवारमा झैझमेलाको अवस्था आउला, तर पुँजी बजारले भने साथ दिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस

This will auto close after