काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक र सुदूरपश्चिमको धनगढीमा अवस्थित किसान समूहबीच कृषि उत्पादकत्व वृद्धिका लागि ट्याक्टर खरिद गर्न लगानी गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार किसान समूहका तर्फबाट सिफारिस भएका ग्राहकहरूलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरूबाट सोलिस र सोनालिका ट्याक्टर खरिद गर्न विपन्न वर्ग कर्जाअन्तर्गत ऋण प्रदान गरिनेछ । ती ग्राहकहरूलाई किसान समूहले ‘वाई ब्याक ज्ञारेन्टी’ सुविधा समेत उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविनकुमार दाहाल र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक शाह नवाज आलमले हस्ताक्षर गरे ।
तपाईंको प्रतिकृया




