नेपालमा थप १९ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा १९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १६२ जनाको पीसीआर र १ हजार २९१ जनाको एन्टीजेन गरि ३ हजार ४५३ जनाको नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो।

पीसीआरबाट ११ र एन्टीजेनबाट ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअवधिमा थप १२ जना कोभिड १९ बाट निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १०६ जना रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री