रेमिट्यान्स सचेतनाका लागि आइएमईको प्रभातफेरी कार्यक्रम

आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शनिवार विहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गरेको छ ।

केन्द्रीय कार्यालय पानीपोखारीबाट शुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो । आइएमईले आफ्नो २२औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा रेमिट्यान्स सचेतना जगाउने उद्देश्यले यो प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले नेतृत्व गरेको उक्त प्रभातफेरी कार्यक्रममा रेमिट्यान्स सचेतनासम्बन्धी नारा अंकित प्लेकार्ड बोकेका ग्रुपमा कार्यरत सयौँ कर्मचारीहरूको सहभागिता रहेको थियो । हरेक वर्ष जेठ २९ मा आइएमईले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बाढीपीडितलाई सिटिजन्सको सहयोग

काठमाडौं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ …

प्रतिकृया दिनुहॊस