ग्लोबल आइएमई बैंकले अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ ।

उक्त भवन निर्माणका लागि भवनको डिजाइज बनाउने सम्झौतासमेत गरेको छ । बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनियरिङ्ग लगायत दिगो डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबिटि प्रा.लिसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबिटि प्रा.लि.का प्रमुख आर्किटेक्ट सञ्जयबहादुर थापाबीच हस्ताक्षर भएको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २९ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सानिमा बैंक अब काठमाडौंको थलीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले मंसिर ९ गते, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंक …

प्रतिकृया दिनुहॊस