काठमाडाैँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरस्थित ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो ।
सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनकाअनुसार तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधन फर्काइएको छ ।
करिब २० मिटर सडक भासिएको छ । भासिएको सडक मर्मत गर्न समय लाग्ने भएकोले उक्त रूट भएर सञ्चालन हुने सवारी साधनहरूले वैकल्पिक बाटो प्रयोग गर्न तनहुँ प्रहरीले अनुरोध गरेको छ ।
तपाईंको प्रतिकृया




