कुमारी बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

काठमाडौं । कुमारी बैंक र पोखरास्थित अन्नपूर्ण केबलकारबीच कुमारी बैंजाकका ग्राहकलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्बन्धि सम्झाैता  भएको छ ।

याे सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो संस्थाबाट सेवा लिए वापत कुनैपनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा एइक् बाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । सो सम्झौतापत्रमा कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीन राज पौडेलले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १ सय ९७ शाखा सञ्जाल, १ सय ८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ । आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री