नुवाकोटमा बस खस्यो, २० जना घाइते

काठमाडौं । नुवाकोटमा मिनी ट्रकलाई साइड दिँने क्रममा सडकबाट बस खसेर २० जना घाइते भएका छन् । सदरमुकाम विदुरतर्फ आउँदै गरेको ना २ ख २८०४ नम्बरको बस ढुंगेचौतारो भन्ने ठाउँमा सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

विपरीत दिशाबाट आउँदै गरेको मिनी ट्रकलाई साइड दिन लाग्दा सडकको छेउ भासिएर बस दुर्घटना भएको वतार्इएकाे छ । साे दुर्घटनामा  परी गम्भीर घाइते भएका ७ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री