ब्राजिल र जापान विजयी

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल र जापान विजयी भएका छन् ।
मंगलबार राती भएका खेलमा ब्राजिलले अर्जेन्टिनालाई १–० ले तथा जापानले उरुग्वेलाई ४–३ ले हराएका हुन् ।
किङ अब्दुल्लाह स्पोर्ट्स सिटी जेद्दामा भएको खेलको ९३ औं मिनेटमा मिरान्डाले नेयमारको पासमा गोल गरेपछि ब्राजिल विजयी भएको हो ।
लियोनल मेस्सी, सर्जियो एग्युरो, गोन्जालो हिग्वेन र एंगल डि मारियाविना मैदानमा उत्रिएको अर्जेन्टिनामाथि नेयमार, फिलिप कोउटिन्हो र रोबर्टो फिरमिनो जस्ता खेलाडीको प्रदर्शन सोचेजस्तो रहन सकेन ।
यस्तै, जापानले उरुग्वेलाई ४–३ ले हराएको छ । जापानमा भएको प्रतिष्पर्धात्मक खेलमा जापानका लागि ताकुमी मिनामिनोले दुई गोल तथा युया ओसाको र रित्सु दोहानले एक एक गोल गरे । उरुग्वेका लागि ग्यास्टन पिरेरियो, इडिन्सन कभानी र जोनाथन रोद्रिगेजले एक एक गोल गरे ।
मंगलबार राती नै भएको अन्य मैत्रिपूर्ण खेलहरुमा दक्षिण कोरिया पानामासँग २–२ गोलको बराबरीमा रोकिएको छ भने डेनमार्कले अष्ट्रियालाई २–० ले पराजित ग¥यो । यस्तै बेल्जियम र नेदरल्याण्डसवीचको खेल भने एक एक गोलको बराबरीमा टुंगिएको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस