Tag Archives: mainnews

इजरायलले माग्यो ८ सय कामदार, को-को जान पाउँछन् ? (सूचनासहित)

काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नको लागि ८ सय नेपाली कामदार लैजाने भएको छ । वैदेशिक रोजगारले सूचना प्रकाशित गरी ८ सय जनाको लागि आवेदन खुल्ला गरेको हो । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो । इजरायल जान इच्छुकले असार ११ गतेबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ । योग्यता पुगेकाहरूलाई गोलप्रथाबाट छानिनेछ । ८ सय जना …

पुरा पढ्नुहॊस »

मेलम्चीको सुरुङ बन्द, अब मनसुन सकिएपछि मात्र पानी पठाइने

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गरेको छ । मेलम्ची नदीको बहाव बढेको तथा बाढी आएर पानी धमिलिन थालेपछि आयोजना बन्द गरिएको हो ।

पुरा पढ्नुहॊस »

बालयौन दुरुपयोगमा रामबहादुर बम्जन दोषी ठहर

काठमाडौं - कथित तपस्वी रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोग मुद्दामा सर्लाही जिल्ला अदालतले दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले हाल सर्लाही कारागरमै थुनामा रहेका बम्जनलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखमय नै हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

विश्व वैंकको ८० मिलियन डलर ऋण स्वीकार्नेसहित यी हुन् मन्त्रिपरिषदका २१ निर्णय

काठमाडौं । सरकारले विश्व बैंकको ८० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्नेलगायतका विभिन्न २१ निर्णय गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले विश्व वैंकले दिने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले विद्युत नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई नियुक्त गर्ने निर्णय गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित …

पुरा पढ्नुहॊस »

सर्वोच्चले भन्यो- फणिन्द्र देवकोटा नेसपाकै सांसद हुन्, माओवादीले कारबाही गर्न मिल्दैन

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सदस्य फणिन्द्र देवकोटालाई पदबाट निष्काश गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । माओवादीको चुनाव चिन्हबाट जितेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद देवकोटालाई कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी संसदीय दलले कारबाही गरेको थियो । आबद्ध संसदीय दलको निर्देशनलाई उल्लंघन गरेको भन्दै माओवादीले गरेको कारबाही सिफारिसलाई जेठ ३२ गते प्रदेशसभामा सूचना सुनाएर पूर्णता दिइएको थियो । त्यसविरुद्ध …

पुरा पढ्नुहॊस »

जितपुर-सिमरा नगर सभामा तोडफोड

काठमाडौं । बाराको जितपुर–सिमरा उपमहानगरपालिकाको नगरसभा विथोलिएको छ । नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगरसभा नै स्थगित भएको छ । बजेट पेस गर्ने गरी बोलाइएको नगरसभामा एमाले र कांग्रेसका केही वडाध्यक्षले नगर प्रमुख राजन पौडेल प्रवेश गर्नेवित्तिकै विरोध गरेका थिए । उनीहरुले नगर सभामा रहेका कुर्सी र केही टेबल समेत तोडफोड गरेका छन् । उनीहरुको विरोध र तोडफोडपछि नगरसभा स्थगित गरिएको थियो । २०७९ सालको नगरसभा पनि …

पुरा पढ्नुहॊस »

विदेश पठाएर अलपत्र पार्ने म्यानपावर कम्पनीमाथि कारबाही होस् : धनराज गुरुङ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमिकको प्रलोभन देखाएर विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरूलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले कुवेतको नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भई आफू स्वदेश फर्किने क्रममा पाँच जना नेपाली बेलग्रेडबाट फर्काइएको पाएको बताए । उनले झापाको खगोल म्यानपावर र काठमाडौंको डायनामिक मुख्य म्यानपावरबाट प्रतिव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर बेलग्रेड पुर्‍याइएको …

पुरा पढ्नुहॊस »

भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित मुख्यसचिव अर्यालको योजना आयोगमा सरुवा

काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएपछि स्वतः निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई योजना आयोगमा सरुवा गर्ने निर्णय गरेको हो । योजना आयोगमा सचिव पद सिर्जना गरेर अर्यालको सरुवा गरिएको हो । अर्याल निलम्बनमा परेपछि निमित्त मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलाले पाएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिवहरूमध्येबाट गड्तौलाले मुख्यसचिवको जिम्मेवारी पाएका हुन् ।

पुरा पढ्नुहॊस »

राजदूत छान्न रास्वपाले बनायो मापदण्ड (मापदण्ड र फारमसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको छ । रास्वपाको तर्फबाट हुनसक्ने सिफारिसका लागि पार्टीको अन्तराष्ट्रिट सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको हो । सोही मापदण्डका आधारमा रास्वपाले सर्वाजनिक सूचना जारी राजदूृतका लागि आवेदन मागेको छ । आएका आवेदनको अन्तिम सूचीबाट योग्यता क्रमका आधारमा रास्वपा सचिवालयको अनमोदनपछि नियक्तिको सिफारिस गरिनेछ …

पुरा पढ्नुहॊस »