Tag Archives: mainnews

नाउपामा विवाद : रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो, प्रमुख सचेतकमा रेशमका बुबा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत सदस्यले पार्टी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएका छन् । नाउपाका चार सांसदमध्ये तीन जनाले श्रेष्ठलाई हटाएका हुन् । उनीहरूले संसदीय दलको नेतामा गंगा चौधरीलाई चयन गरेका छन् । नाउपाका चार सांसदमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी एकातर्फ उभिएपछि गंगा चौधरी संसदीय दलको नेतामा चयन भएका हुन् । उनी यसअघि नाउपाको प्रमुख सचेतक थिए । योसँगै रञ्जित संसदीय …

पुरा पढ्नुहॊस »

बढ्यो पेट्रोल र डिजेलको मूल्य, अब लिटरको कति पर्छ ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो । नयाँ मूल्य आजदेखि लागू भएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

सर्वोच्चको आदेशले फर्किएका फणीन्द्रले लिए ऊर्जामन्त्रीको सपथ

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा पद तथा गोपनीयताको शपथ लिएका छन् । दोस्रोपटक मन्त्री बनेका देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् । उनले पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीले कारबाही गरेपछि पद गुमाएका उनलाई सर्वोच्च अदालतले संसद् फर्काएको थियो । फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई जेठ २८ गते विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए । पार्टीको ह्विप …

पुरा पढ्नुहॊस »

आज यी १९ जिल्लामा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आह्वान

काठमाडौं । आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका कम्तीमा १९ जिल्लामा बाढीको जोखिम देखिएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई महाशाखाले सुझाव दिएको हो । महाशाखाले आज ताप्लेजुङ, संखुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, पाल्पा, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, दाङ, रोल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरुमा बहाव बढ्ने जनाएको छ …

पुरा पढ्नुहॊस »

जंगलमा घाँटी रेटिएको अवस्थामा भेटिएका ओभरसियरको मृत्यु

काठमाडौं । डडेलधुरामा घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका ओभरसियरको मृत्यु भएको छ । शनिबार डडेलधुराको अमरगढी नगरपालिका-५ का ४५ वर्षीय डम्वरदेव भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा फेला परेका हुन् । उनी घर नजिकैको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख (डीएसपी) दीपक कार्कीले बताए । उनका अनुसार घटनास्थलमा चक्कु पनि फेला परेको छ । डम्बर शुक्रबार बेलुकादेखि हराएका उनी खोजतलासका क्रममा शनिबार फेला परेका हुन् । उपचारका लागि …

पुरा पढ्नुहॊस »

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा मुसलधारे वर्षाको सम्भावना

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आइतबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि …

पुरा पढ्नुहॊस »

टि-२० विश्वकपको उपाधि भारतलाई, ७ रनले चुक्यो दक्षिण अफ्रिका

काठमाडौं । टि-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । दक्षिण अफ्रिकालाई ७ रनले निराश बनाउँदै भारतले उपाधि चुमेको हो । यसअघि एक दिवशीय विश्वकपमा फाइनमा पुगेर पनि उपाधिमा चुकेको भारतले टि २० को उपाधि भने दोस्रो पटक जितेको हो। भारतले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो । योसँगै पहिलोपटक फाइनल पुगेको …

पुरा पढ्नुहॊस »

पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु, स्याङ्जामा आमाछोरी बिते

काठमाडौं । गुल्मी र स्याङ्जामा पहिरोमा पुरिएर ७ जनाको जनाको मृत्यु भएको छ भने १ बेपत्ता छन् । गुल्मीको मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर विकको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको हो । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »