Tag Archives: mainnews

अमेरिकामा अध्ययनरत भोजपुरकी मुना पाण्डेको हत्या

काठमाडौं । अमेरिकाको टेक्सस शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डेको टेक्ससस्थित ह्युस्टनको एक अपार्टमेन्टमा गोली हानी हत्या भएको हो । समाचार एजेन्सीहरुकाअनुसार उनको छातीमा गोली लागेको छ । प्रहरीले अपार्टमेन्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनाको शव फेला पारेको थियो । अपार्टमेन्टका कर्मचारीहरूका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो …

पुरा पढ्नुहॊस »

चुनिए नेकपा एसका पदाधिकारी : मेटमणिले लोकप्रिय मत पाउँदा रामकुमारी पराजित (परिणामसहित)

काठमाडौं । पटक-पटकको सहमतिमा नेतृत्व चयन गर्ने कोसिस असफल भएपछि नेकपा एकीकृत समाजवादीले चुनावको माध्यमबाट नेता चयन गरेको छ । मंगलबार भएको पदाधिकारी चुन्ने चुनावको मत परिणाम सार्वजनिक भएको हो । अन्तिम मत परिणामअनुसार एकीकृत समाजवादीको खुल्ला उपाध्यक्षमा डा।गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् । मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् भने महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । उपमहासचिवमा मेटमणि …

पुरा पढ्नुहॊस »

वाणिज्य बैंकहरूप्रति राष्ट्र बैंक उदार, काउन्टर बफरको व्यवस्था हट्यो

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बेंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०८० मा संशोधन गरेर काउन्टर बफरसम्बन्धी व्यवस्था हटाएको छ । मंगलबार उक्त संशोधित निर्देशन जारी गर्दै राष्ट्र बैंकले वाणिज्य बैंकहरूका लागि काउन्टर बफरमा राखिएको व्यवस्था आर्थिक वर्ष २०८१/८२ का लागि हटाएको हो ।

पुरा पढ्नुहॊस »

प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्री सक्रिय, गृहसचिवलाई दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई नागरिकता दिलाउन सक्रियता देखाएका छन् । उनको वास्तविकताले सबैको मन छोइरहेका बेला प्रधानमन्त्रीले तत्काल नागरिकता दिलाउन पहल गरेका हुन् । प्रकाशको लागि पहिलो आवश्यकता नै नागरिकता रहेको प्रधानमन्त्रीले बताए । ‘हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईँलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन । पछि सचिवालयको विद्या चापागाईँ र प्रकाश तामाङसँग सम्पर्क …

पुरा पढ्नुहॊस »

नेकपा एसको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारीले पाइन् सम्मानजनक मत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनी प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई पछि पार्दै निर्वाचित भएकी हुन् । अन्तिम नतिजाअनुसार राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

काठमाडौँ । अमेरिकाको ह्युस्टनमा एक नेपाली विद्यार्थी (छात्रा) को गोली हानी हत्या भएको छ । अमेरिका टेक्ससको मुख्य सहर ह्युस्टनमा एक अपार्टमेन्टमा ती विद्यार्थीको गोली हानी हत्या भएको हो । मृतक विद्यार्थी मुना पाण्डे रहेको जनाइएको छ । नेपाली एशोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमका अनुसार प्रहरीले हत्याका विषयमा अनुसन्धान गरिरहेको छ । मुना एफवान भिसामा अमेरिका पुगेकी थिइन् ।

पुरा पढ्नुहॊस »

कर्मचारीको तलब बढाउने फैसलाविरुद्ध सर्वोच्चमा सरकारको पुनरावलोकन निवेदन

काठमाडौं । सरकारले निजामती कर्मचारीको तलब बढाउने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारले पुनरावलोकन निवेदन सर्वोच्चमा दर्ता गराएको हो । सर्वोच्चले २०८१ असार १० गते निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरूको तलब बढाउने गरी समायोजन गर्नु भनी फैसला सुनाएको थियो । न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले कर्मचारीको तलबमान बढाउन परमादेश दिएपनि सरकार पुनरावलोकनमा गएको हो । आदेश पुनरावलोकन …

पुरा पढ्नुहॊस »

लेखा समिति मात्रै किन प्रमुख प्रतिपक्षी दलको नेता पनि राख्नुहोस् : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखा समितिको सभापति मात्र होइन, आवश्यक पर्छ भने प्रमुख प्रतिपक्षी दलको नेता पनि आफैसँग राख्न सत्तारुढ दलहरूलाई चुनौती दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले लेखा समिति सभापति प्रतिपक्षीलाई नदिन कुतर्क गरिएको भन्दै आपत्ति जनाए । ‘संसदीय परम्परामा संसारभरि नै लेखा समितिको सभापति प्रतिपक्षले पाउने गरेको छ । यो एक किसिमको लोकतान्त्रिक सन्तुलन र …

पुरा पढ्नुहॊस »

अन्ततः मुकुल ढकाल रास्वपाको साधारण सदस्यसमेत नरहने गरी निष्कासित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । बिहान बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो । ढकाललाई रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक स्पष्टीकरण सोधेको थियो । तर त्यसको जवाफमा उनले सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए । यसले पार्टीलाई हानी गरेको निष्कर्षसहित उनलाई साधारण सदस्य पनि नहरने गरी …

पुरा पढ्नुहॊस »