Tag Archives: mainnews

म प्रधानमन्त्री बन्ने लाइनमा छैन : परराष्ट्रमन्त्री देउवा

नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू प्रधानमन्त्रीको लाइनमा नभएको बताएकी छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीको लाइनमा नरहेको प्रष्ट पारेकी हुन् ।

पुरा पढ्नुहॊस »

सुनको मूल्य हालसम्मकै महंगो, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । यो दिन छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

पुरा पढ्नुहॊस »

टेक्सासमा मुनाको ज्यान लिने हत्याराको तस्बिर सार्वजनिक, समुदायबाट सहयोगको अपिल

काठमाडौं । अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ । बुधबार होस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो । यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

पुरा पढ्नुहॊस »

विरोधले लोकप्रिय मत पाउँदा रामकुमारी पनि विजयी, यी हुन् नेकपा एसका पोलिटब्युरो सदस्य (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिटब्युरो चयन भएको छ । गएराति सम्पन्न मतगणनामा समाजवादीको ८४ सदस्यीय पोलिटब्युरो चयन भएको हो । प्राप्त मत परिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन् । जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत पाएका छन् । महिला उपाध्यक्षमा पराजित रामकुमारी झाँक्री पनि १८२ मतसहित पोलिटब्युरो सदस्यमा निर्वाचित भएकी छन् ।

पुरा पढ्नुहॊस »

सशस्त्रका चार डीआईजी र १५ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृह मन्त्रालयको साउन ३२ गतेको निर्णयानुसार उनीहरुको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार डीआईजी अभिकुमार खत्रीलाई मानव स्रोत विभागमा सरुवा गरिएको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

नेपाल र बेलायत सरकारबीच १२ अर्ब रुपैयाँभन्दा बढी अनुदान सहयोगका लागि हस्ताक्षर

काठमाडौ । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता” कार्यक्रमको लागि करिव ६.५ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.५ मिलियन) को अनुदान सहायता रकम रहेको छ ।

पुरा पढ्नुहॊस »

नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यु-२० च्याम्पियनसिपको उपाधि

काठमाडौं । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो । बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए । त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औं मिनेटमा गरेका थिए । त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१औं मिनेटमा रब्बी …

पुरा पढ्नुहॊस »

शंखमुलमा स्नुकर सञ्चालकको हत्या आरोपमा एमके कुमार पक्राउ

काठमाडौं । काठमाडौंको शंखमुलमा एक स्नुकर सञ्चालकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१० शंखमुल साइबाबा पार्कस्थित दुई तले घरमा बस्ने ४९ वर्षीय रूपक बान्तवा राईको हत्या आरोपमा प्रहरीले बारा सिम्रौनगढ नगरपालिका-७ घर भई काठमाडौं-१० साइबाबा पार्कमा बस्ने २२ वर्षीय एमके कुमारलाई पक्राउ गरेको हो । उनलाई बुधबार बिहान सवा १० बजे डेरा कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । …

पुरा पढ्नुहॊस »

कुलमानलाई हटाउनु पर्ने कुनै कारण छैन : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले नेपाल प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनु पर्ने कुनै कारण नभएको बताएका छन् । बुधबार निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्न पुगेको मन्त्री खड्काले यस्तो बताएका हुन् । ‘राम्रो मान्छे जुनसुकै दलको होस्, राम्रो भन्न सक्नु पर्छ, कुलमानले राम्रो काम गर्नु भएको छ, उहाँलाई सरकारले हटाउनु पर्ने कुनै कारण छैन,’ मन्त्री खड्काले भने । कुलमानबारे सरकारले यो गर्ने …

पुरा पढ्नुहॊस »