समाचार

धानको न्यूनतम मूल्य तोकियो

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोटा धान र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । सरकारले मोटा धान प्रतिक्विन्टल ३४१०.५१ र मध्यम धानको रु ३५८०.६२ रुपैयाँ तोकेको छ । बैठकले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानविन गरि आवश्यक व्यवस्थापन गर्न उच्च अदालतका पूर्व न्यायाधीश शेखर …

पुरा पढ्नुहॊस »

देशका धेरै ठाउँमा रातिदेखि नै भारी वर्षा, ३० जिल्लामा ‘रेडअलर्ट’

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

अल्पमतमा परेको सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्न एमालेको आग्रह

काडमाडाैं । नेकपा (एमाले) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय सरकार अल्पमतमा परेको बताएको छ । महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेको बताएका हुन् । ‘पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसक्नु भएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ,’ महासचिव पोखरेलले भनेका छन्, ‘संसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत …

पुरा पढ्नुहॊस »

बाँकेमा प्रहरीले चलायो गोली

काठमाडौं । बाँके प्रहरीले एक फरार प्रतिवादी पक्राउ गर्न गोली प्रहार गरेको छ । गोली प्रहार गरी फरार प्रतिवादीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । डुडुवा गाउँपालिका–६ सिखनपुरुवाका डाँका चोरी मुद्दाका फरार प्रतिवादी अन्दाजी ५५ वर्षीय सरमानसिंह सरदारलाई बिहीबार बिहान प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी नारायण डाँगीले जानकारी दिए । प्रहरीले सिखनपुरवाबाट सरदारलाई पक्राउ गरी हत्कडी लगाएर ल्याउँदै गर्दा स्थानीय प्रतिकारमा उत्रिएको र …

पुरा पढ्नुहॊस »

एमालेका मन्त्रीले राजीनामा दिएपछि ८ मन्त्रालयको जिम्मेवारी प्रचण्डलाई

काठमाडौं । एमालेले सम्हालेका ८ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने भएका छन् । सरकारलाई दिएको समर्थन फिर्तासँगै एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा दिएका थिए । त्यसपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रचण्ड आफैले सम्हाल्ने राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा एमालेको तर्फबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपंक्षी विकासमा ज्वालाकुमारी …

पुरा पढ्नुहॊस »

बालुवाटार पुगेका रास्वपा मन्त्रीले दिएनन् राजीनामा, प्रचण्ड सरकार लम्बिने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । राजीनामा दिने तयारीका साथ बालुवाटार पुगेका उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शपछि राजीनामा नदिएर फर्किएका हुन् । प्रधानमन्त्रीले आफूले संसद्‌बाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘राजीनामा बुझाउन गएका थियौं । सम्माननीय प्रधानमन्त्रीले छलफल गर्नुपर्‍यो भन्नुभयो । कुरा गर्यौं,’ उनले भने, ‘आफ्नो …

पुरा पढ्नुहॊस »

जंगली च्याउ खाँदा भीमफेदीमा परिवारका सात जना बिरामी, एकको अवस्था गम्भीर

काठमाडौं । जंगली च्याउको तरकारी खाँदा मकवानपुरमा एकै परिवारका सात जना बिरामी परेका छन् । जसमध्ये एकको अवस्था गम्भीर छ । बुधबार साँझको खानामा जंगली च्याउको तरकारी पकाएर खाँदा भीमफेदी गाउँपालिका– ६ उर्लाघारीका ६५ वर्षीया मंगलीमाया स्याङ्तानको परिवारका सात जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मंगलीमायासहित उनका ३२ वर्षका छोरा बुद्धिबहादुर स्याङ्तान, बुहारी ३० वर्षकी पासाङ स्याङ्तान र ७ वर्षका छोरा लासाङ स्याङ्तान बिरामी परेका हुन् । …

पुरा पढ्नुहॊस »

ललितपुरका मेयर चिरिबाबु महर्जनलाई अख्तियारले बोलायो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सोधपुछका लागि बोलाएको छ । बाढीपहिरो पीडितका नाममा महानगरले निर्णय विपरित रकम बाँडेको उजुरी परेपछि उनलाई सोधपुछका लागि बोलाउन भन्दै अख्तियारीले पत्र काटेको हो । मेयर महर्जनविरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा निर्णयविपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ । उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णयविपरीत रकम …

पुरा पढ्नुहॊस »

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज जवाफी बहस

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर रिटमा आज पनि सुनुवाइ हुने भएको छ । रिटमा जवाफी बहस मात्र हुनेछ । मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जवाफी बहस भएको थियो । अब केही अधिवक्ताले जवाफी बहस गरेपछि लामिछानेको सहकारी ठगी प्रकरणमा आदेश हुनेछ । सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले उजुरी र अभियोजन नरहेको भन्दै पत्र दिएको थियो । कास्कीमा सूर्यदर्शन सहकारीका …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds