समाचार

अपडेट : नौकिलो ट्रक दुर्घटना ज्यान गुमाउने तीन जनाको परिचय खुल्यो

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना-६ स्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार साँझ नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोकाअनुसार चामल बोकेको ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै र एक बालकको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मकवानपुरको मकवानपुरगढी गाउँपालिका-६ का ३८ वर्षका श्याम बजगाईं, …

पुरा पढ्नुहॊस »

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय …

पुरा पढ्नुहॊस »

प्रहरीमा आठ जना डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा डीआईजीको नौं दरबन्दी रिक्त हुँदा गृह मन्त्रालयले आइतबार बेलुकी आठ एसएसपीलाई उक्त पदमा बढुवा सिफारिस गरेको छ । हालका प्रहरी महानिरीक्षक (आइजी) के ब्याची ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द क्रमशः पहिलो तीन नम्बरको सिफारिसमा परेका छन् । यसअघिको बढुवामा अन्यायपूर्वक छुटाइएको टोली यस पटकको बढुवामा समेटिएको छ । राष्ट्रिय अनुसन्धान विभागको अधिकृतका रूपमा भर्ना भई पछि नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा समायोजित टोली डीआइजीका निम्ति …

पुरा पढ्नुहॊस »

रुकुमपश्चिम : छोराले गरे बुवाको हत्या, बुवाले कान्छी श्रीमती ल्याएपछि विवाद हुने गरेको थियो

काठमाडौं । रुकुमपश्चिममा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीर बहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आइतबार बेलुका वीर बहादुरले बुवाको पेटमा चक्कु प्रहार गरेर हत्या गरेको खुलेको छ । बुवाको हत्यापछि उनी फरार छन् । उनको खोजीमा प्रहरी परिचालन भएको प्रहरी निरीक्षक पाठकले बताए । स्थानीयका अनुसार बुवाले …

पुरा पढ्नुहॊस »

केही ठाउँमा वर्षा र हिमपात, तराईमा हुस्सुको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले आज (सोमबार) बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहँदा तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज छोटो समयमा ठूलो काम हात लागि पर्नेछ। हिम्मतले काम अगाडि बढाउनुहोला। लगनशीलतामा कमी नल्याउनुहोस्। उद्योग र व्यापारमा फाइदा मिल्नेछ। चलचित्र र मिडियाको क्षेत्रबाट लाभ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

२२९ जना प्रहरी सहायक निरीक्षकमा बढुवा, को-को परे ? (सूची)

काठमाडौँ । नेपाल प्रहरीका २२९ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका छन् । आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ हवल्दारहरूलाई प्रहरी सहायक निरीक्षकमा बढुवा गरेको हो । हेर्नुस् बढुवा सूची : सूची  

पुरा पढ्नुहॊस »

दुर्घटना हुँदा श्रीमान-श्रीमतीको मृत्यु

काठमाडौं । इटहरीमा म्याजिकले ठक्कर दिँदा आइतबार मोटरसाइकलमा सवार श्रीमान-श्रीमतीको मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर इटहरी १७ बालग्राम चोकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई म्याजिकले ठक्कर दिएको थियो । दुर्घटनामा संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय युवराज गुरुङ र श्रीमती ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । इटहरीबाट इनरुवातर्फ जाँदै गरेको म्याजिकले पकलीबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो …

पुरा पढ्नुहॊस »

मंसिर १६ गते बिदा दिन आयोगको आग्रह

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

काठमाडौं । यही मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुने क्षेत्रमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले आग्रह गरेको छ । सम्बन्धित स्थानीय तह र वडा क्षेत्रमा बिदा दिने व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको हो । आइतबार बसेको आयोगको बैठकबाट बिदाको आग्रहसहितका निर्णय गरिएको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । ‘मिति २०८१ मंसिर १६ गते आइतबार मतदान हुने दिन स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदको …

पुरा पढ्नुहॊस »

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक सामग्री सार्वजनिक गरेको आरोपमा प्रसाईं गत मंगलबार पक्राउ परेका थिए । विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा भक्तपुरस्थित निवासबाटै मंसिर ४ गते मेडिकल व्यवसायी प्रसाईं पक्राउ परेका थिए । प्रसाईंले …

पुरा पढ्नुहॊस »