समाचार

मौसम विभागले भन्यो- चार प्रदेशमा भारी वर्षाको सम्भावना छ, सतर्कता अपनाउनू

काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान आसपास र पश्चिममा सरदर स्थान दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहान देशका धेरैजसो स्थानमा साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागको केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेश, लुम्बिनी र गण्डकीका केही र बाँकी प्रदेशका एक/दुई …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखमय नै हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

खेल्दाखेल्दै खाल्टोमा खसेर २ किशोरीको मृत्यु, एक बेपत्ता

काठमाडौं । कञ्चनपुरमा खाल्टोमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । बिहान पुनर्वास नगरपालिका – ५ ‘ग’ गाउँमा रहेको रातोफाले खल्लामा डुबेर ३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये १५ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार १६ वर्षीया आरती बोगटी अझै वेपत्ता छन् । उनीहरु तीनैजना आफन्त रहेको र खेल्दाखेल्दै …

पुरा पढ्नुहॊस »

स्वास्थ्य र वन मन्त्रालयको जिम्मेवारी पनि प्रचण्डलाई

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने भएका छन् । स्वास्थ्यमन्त्री प्रदीप यादव, वन मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खानले राजीनामा दिएपछि प्रधानमन्त्रीले उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् । जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारमा सहभागी मन्त्रीहरूले पनि राजीनामा दिएका थिए । उनीहरूको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेका …

पुरा पढ्नुहॊस »

आजदेखि केही दिन मनसुन निष्क्रिय हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रूपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ । मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि केही दिनसम्म अधिकांश स्थानमा वर्षा कम हुने जानकारी दिए । ‘आइतबारसम्म न्यूनचापीय रेखा उत्तरतर्फ भएकाले भारी वर्षा …

पुरा पढ्नुहॊस »

ड्युटीका प्रहरीलाई चड्कन हानेको आरोप लागेकी वकिलको आँखामुनि घाउ, दुवै पक्ष न्यायको खोजीमा

काठमाडौं । अधिवक्ता नानी थापा (लक्ष्मी थापा)ले प्रहरी जवानमाथि हातपात गरेको भन्दै जाहेरी परेको छ । आइतबार मध्यान्ह काठमाडौं जिल्ला अदालतको ३ नम्बर गेटमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेको भन्दै जाहेरी परेको हो । त्यहाँ बर्दीमा रहेका प्रहरी र कानुन व्यवसायीको औपचारिक पोसाकमा रहेकी थापाबीच विवाद भएको थियो । आइतबार १ बजेर २० मिनेटको समयमा काठमाडौं जिल्ला अदालतको गेट नम्बर ३ मा सुरक्षा दिइरहेको बेलामा कानून व्यवसायी थापाले आफूलाई गालीगलौजसँगै …

पुरा पढ्नुहॊस »

कञ्चनपुरका घर घरमा बाढी : ७ महिने शिशुको मृत्यु, ६२२ जनालाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । कञ्चनपुर जिल्लामा अति भारी वर्षा भएको छ । हन्मान नगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा अति भारी वर्षा भएको छ । यी क्षेत्रमा ५७० मिलिमिटरदेखि ६२०.४  मिलिमिटर वर्षा मापन भएको छ । थप वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अति भारी वर्षाका कारण उक्त क्षेत्र भएर बग्ने अधिकांश नदीहरूमा हाल जलसतह खतरा तहभन्दा माथि रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश …

पुरा पढ्नुहॊस »

आज पनि प्रतिनिधिसभा बैठक, के छन् कार्यसूची ?

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो । सङ्क्रामक रोगहरूको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआईभी, हात्तिपाइले स्क्रब टाइफस, कालाजार, रुबेलालगायतका रोगहरू रहेका छन् । सङ्क्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाले …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds