समाचार

प्रतिनिधिसभाको बैठक आज पनि, यस्तो छ कार्यसूची

काठमाडाैं । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपंक्षी विकास सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यहरूको …

पुरा पढ्नुहॊस »

चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । अहिले देशभर साधारणतया बदली रहँदा केही स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको हो । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । मधेश प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशभर साधारणतया बदली रहनेछ । …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर, ६९ लाख जरिवाना र ९ महिना कैद

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । यसअघि विशेष अदालतले गरेको फैसलालाई आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले सदर गरेको सर्वोच्च अदालतले जनाएको हो । सर्वोच्चले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद सजाय सुनाएको छ । भ्रष्टाचार मुद्दा दर्ता भएको १२ वर्षपछि सर्वोच्चले आज फैसला सुनाएको हो । इजलासले जोशीले ६९ लाख १५ हजार रूपैयाँ बराबरको स्रोत नखुलेको …

पुरा पढ्नुहॊस »

सरकारलाई कांग्रेस महामन्त्री शर्माको ११ सुझाव

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई ठूला दलबीचको गठबन्धन सरकारलाइ ११ बुँदे सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले ११ बुँदे सुझाव दिएका हुन् । महामन्त्री शर्माले हवाई वा सडक दुर्घटना न्यूनीकरण गर्न के कस्तो प्रशासनिक र व्यावहारिक निर्देशिका बनाउन र बन्दोबस्त मिलाउन जरुरी छ, त्यसका निम्ति के कस्तो कानुनी सुधार जरुरी छ ढिलाइ नगरी सरकारले यसबारे आवश्यक विधेयक संसद्मा पेस गर्न सुझाव …

पुरा पढ्नुहॊस »

त्रिशूलीमा बेपत्ता बस र थप यात्रु भेटिएनन्, फर्कियो भारतीय उद्धार टोली

काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता बस र थप यात्रु नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता दुई वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो । लगातार आठ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले जानकारी दिए । शुक्रबार बस …

पुरा पढ्नुहॊस »

बालाजुमा एटीएम फुटाउँदै गरेका युवक पक्राउ

काठमाडौं । पैसा चोर्न एटीएम फुटाउँदै गरेका एक युवक पक्राउ परेका छन् । आइतबार दिउँसो पौने ३ बजे बालाजु चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गरेको सूचना पाएर पुगेको प्रहरी टोलीले ती युवकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहट घर भई कलंकी बस्दै आएका १८ वर्षीय राधेश्याम बैठा छन् । उनको साथबाट फलामको रड समेत बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

महाकाली नदीमा बेपत्ता भएका भट्टको शव भेटियो

काठमाडौं । दाउरा निकाल्ने क्रममा डुबेर महाकाली नदीमा बेपत्ता व्यक्तिको शव फेला परेको छ । शनिबार साँझ कञ्चनपुरको दोधाराचाँदनी झोलुङ्गे पुल नजिक महाकाली नदीमा डुबेर बेपत्ता भएका दोधाराचाँदनी नगरपालिका -४ बस्ने अन्दाजी ५० वर्षीय रतन भट्टको शव फेला परेको हाे । खोजीकार्य गर्दै जाँदा आइतबार मध्यान्ह शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए । नदीले बगाएर ल्याएका दाउरा सङ्कलन गर्ने क्रममा अकस्मात् …

पुरा पढ्नुहॊस »

असगर अली प्रधानमन्त्री ओलीको आइटी विज्ञमा नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि विज्ञमा असगर अली नियुक्त भएका छन् । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार अली आइटी विज्ञमा नियुक्त भएका हुन् । उनले प्रधानमन्त्री कार्यालयमा काम समेत गर्न थालिसकेका छन् । यसअघि पनि उनी प्रधानमन्त्री ओलीका आइटी विज्ञ थिए । उनी सेवा सुविधा नलिने गरी सचिवस्तरको विज्ञ पदमा नियुक्त भएको बताइएको छ ।

पुरा पढ्नुहॊस »

गोरखा पहिरो अपडेट : रातिदेखि बेपत्ता पाँच जना अझै भेटिएनन्

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुई जनालाई उपचार गर्न हेलिकप्टरमा काठमाडौं लगिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालका पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलास एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको उनले बताए । स्थानीय जीतबहादुर गुरुङको …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds