समाचार

अशोकराज सिग्देल प्रधानसेनापति नियुक्त

काठमाडौं । नेपाली सेनाका बलाधिकृत अशोकराज सिग्देल प्रधानसेनापति नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कायममुकायम प्रधानसेनापतिको काम गर्दै आएका सिग्देललाई प्रधानसेनापतिमा बुधबार नियुक्त गरेका हुन् । उनको नियुक्ति भदौ २५ गतेबाट लागु हुने राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हालका प्रधानसेनापति प्रभुराम शर्माले २४ भदौमा अनिवार्य शवकाश लिएपछि सिग्देलले प्रधानसेनापतिको पदभार ग्रहण गर्नेछन् । सेनामा रहेको अनिवार्य अवकाशमा जानुभन्दा एक महिना अघि बिदा …

पुरा पढ्नुहॊस »

कुलमानलाई हटाउनु पर्ने कुनै कारण छैन : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले नेपाल प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनु पर्ने कुनै कारण नभएको बताएका छन् । बुधबार निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्न पुगेको मन्त्री खड्काले यस्तो बताएका हुन् । ‘राम्रो मान्छे जुनसुकै दलको होस्, राम्रो भन्न सक्नु पर्छ, कुलमानले राम्रो काम गर्नु भएको छ, उहाँलाई सरकारले हटाउनु पर्ने कुनै कारण छैन,’ मन्त्री खड्काले भने । कुलमानबारे सरकारले यो गर्ने …

पुरा पढ्नुहॊस »

अमेरिकामा अध्ययनरत भोजपुरकी मुना पाण्डेको हत्या

काठमाडौं । अमेरिकाको टेक्सस शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डेको टेक्ससस्थित ह्युस्टनको एक अपार्टमेन्टमा गोली हानी हत्या भएको हो । समाचार एजेन्सीहरुकाअनुसार उनको छातीमा गोली लागेको छ । प्रहरीले अपार्टमेन्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनाको शव फेला पारेको थियो । अपार्टमेन्टका कर्मचारीहरूका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो …

पुरा पढ्नुहॊस »

चुनिए नेकपा एसका पदाधिकारी : मेटमणिले लोकप्रिय मत पाउँदा रामकुमारी पराजित (परिणामसहित)

काठमाडौं । पटक-पटकको सहमतिमा नेतृत्व चयन गर्ने कोसिस असफल भएपछि नेकपा एकीकृत समाजवादीले चुनावको माध्यमबाट नेता चयन गरेको छ । मंगलबार भएको पदाधिकारी चुन्ने चुनावको मत परिणाम सार्वजनिक भएको हो । अन्तिम मत परिणामअनुसार एकीकृत समाजवादीको खुल्ला उपाध्यक्षमा डा।गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन् । मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् भने महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । उपमहासचिवमा मेटमणि …

पुरा पढ्नुहॊस »

यस्तो छ प्रतिनिधिसभा बैठकको कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, सांसद डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने’ भन्ने सार्वजनिक महत्वको …

पुरा पढ्नुहॊस »

प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्री सक्रिय, गृहसचिवलाई दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई नागरिकता दिलाउन सक्रियता देखाएका छन् । उनको वास्तविकताले सबैको मन छोइरहेका बेला प्रधानमन्त्रीले तत्काल नागरिकता दिलाउन पहल गरेका हुन् । प्रकाशको लागि पहिलो आवश्यकता नै नागरिकता रहेको प्रधानमन्त्रीले बताए । ‘हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईँलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन । पछि सचिवालयको विद्या चापागाईँ र प्रकाश तामाङसँग सम्पर्क …

पुरा पढ्नुहॊस »

नेकपा एसको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारीले पाइन् सम्मानजनक मत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनी प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई पछि पार्दै निर्वाचित भएकी हुन् । अन्तिम नतिजाअनुसार राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

काठमाडौँ । अमेरिकाको ह्युस्टनमा एक नेपाली विद्यार्थी (छात्रा) को गोली हानी हत्या भएको छ । अमेरिका टेक्ससको मुख्य सहर ह्युस्टनमा एक अपार्टमेन्टमा ती विद्यार्थीको गोली हानी हत्या भएको हो । मृतक विद्यार्थी मुना पाण्डे रहेको जनाइएको छ । नेपाली एशोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमका अनुसार प्रहरीले हत्याका विषयमा अनुसन्धान गरिरहेको छ । मुना एफवान भिसामा अमेरिका पुगेकी थिइन् ।

पुरा पढ्नुहॊस »

धादिङमा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते

काठमाडौं । धादिङमा बस र माइक्रोबस ठोक्किँदा ८ यात्रु घाइते भएका छन् । धादिङबाट काठमाडौ जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको यात्रु बस र काठमाडौंबाट धादिङबेसी तर्फ आउँदै गरेको बागमती प्रदेश ०३—००१ ज ०४२९ नम्बरको माइक्रो धादिङ—मलेखु सडक खण्ड अन्तर्गत निलकण्ठ ८ ससाहमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य २ जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds