समाचार

काठमाडौंबाट मोटरसाइकल चोर्ने तीन युवक पक्राउ

काठमाडौँ । काठमाडौँको चाबहिल र स्वयम्भूबाटबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई बुधबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोट घर भई हाल काठमाडौँको चाबहिल बस्ने २८ वर्षीय सन्तोष फुयाँल र मकवानपुर घर भई हाल स्वयम्भू बस्ने ३० वर्षीय सूर्य बहादुर स्याङ्तानलाई चाबहिलबाट तथा पर्सा घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मालाई स्वयम्भूबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर बागमती प्रदेश ०२–०४९ प ०१९० नम्बरको मोटरसाइकलको …

पुरा पढ्नुहॊस »

महामन्त्रीद्वय थापा र शर्मासँग पुनः बस्दै देउवा, बोलाए बुढानीलकण्ठ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग पुनः छलफल गर्दैछन् । देउवाले दुवै महामन्त्रीलाई आफ्नो निवास बुढानीलकण्ठ बोलाएर छलफल गर्न लागेका हुन् । पार्टी बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा हलचल नै सिर्जना …

पुरा पढ्नुहॊस »

टेक्सासमा मुनाको ज्यान लिने हत्याराको तस्बिर सार्वजनिक, समुदायबाट सहयोगको अपिल

काठमाडौं । अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ । बुधबार होस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो । यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

पुरा पढ्नुहॊस »

यस्तो छ आजको प्रतिनिधिसभा बैठकको कार्यसूची

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० पेस गर्ने कार्यसूची छ । सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनीयता बढाउन आवश्यक भएको’ विषयको …

पुरा पढ्नुहॊस »

विरोधले लोकप्रिय मत पाउँदा रामकुमारी पनि विजयी, यी हुन् नेकपा एसका पोलिटब्युरो सदस्य (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिटब्युरो चयन भएको छ । गएराति सम्पन्न मतगणनामा समाजवादीको ८४ सदस्यीय पोलिटब्युरो चयन भएको हो । प्राप्त मत परिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन् । जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत पाएका छन् । महिला उपाध्यक्षमा पराजित रामकुमारी झाँक्री पनि १८२ मतसहित पोलिटब्युरो सदस्यमा निर्वाचित भएकी छन् ।

पुरा पढ्नुहॊस »

सशस्त्रका चार डीआईजी र १५ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृह मन्त्रालयको साउन ३२ गतेको निर्णयानुसार उनीहरुको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार डीआईजी अभिकुमार खत्रीलाई मानव स्रोत विभागमा सरुवा गरिएको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना …

पुरा पढ्नुहॊस »

नेपाल र बेलायत सरकारबीच १२ अर्ब रुपैयाँभन्दा बढी अनुदान सहयोगका लागि हस्ताक्षर

काठमाडौ । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता” कार्यक्रमको लागि करिव ६.५ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.५ मिलियन) को अनुदान सहायता रकम रहेको छ ।

पुरा पढ्नुहॊस »

शंखमुलमा स्नुकर सञ्चालकको हत्या आरोपमा एमके कुमार पक्राउ

काठमाडौं । काठमाडौंको शंखमुलमा एक स्नुकर सञ्चालकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१० शंखमुल साइबाबा पार्कस्थित दुई तले घरमा बस्ने ४९ वर्षीय रूपक बान्तवा राईको हत्या आरोपमा प्रहरीले बारा सिम्रौनगढ नगरपालिका-७ घर भई काठमाडौं-१० साइबाबा पार्कमा बस्ने २२ वर्षीय एमके कुमारलाई पक्राउ गरेको हो । उनलाई बुधबार बिहान सवा १० बजे डेरा कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds