विविध

‘भिभिआइपी’को सवारीका नाममा सडकमा व्यवधान नगर्नू : सर्वोच्च अदालत

काठमाडाैं । सर्वोच्च अदालतले उच्चपदस्थ पदाधिकारी (भिभिआइपी)को सवारीका नाममा सडकमा व्यवधान नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार यस्तो परमादेश जारी गरेको हो । अधिवक्ता ज्ञानेश्वर कोइरालाले नेपाल सरकार, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएर ६ वर्षअघि रिट दायर गरेका थिए । अधिवक्ता कोइरालाले ०७४ माघ १९ गते दायर गरेको रिटको मंगलबार टुंगो लागेको हो ।

पुरा पढ्नुहॊस »

दिल्लीमा भीषण आगलागी, ११ जनाको मृत्यु

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको अलिपुर क्षेत्रमा बिहीबार भएको आगलागीमा ११ जनाको मृुत्यु भएको छ । समाचार संस्था एएनआईका अनुसार रङ र रासायनिक पदार्थको गोदाममा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको हो । भारतको आगलागी विभागका अनुसार रङ र रासानयिक पदार्थका दुई गोदाममा लागेको आगलागीमा ११ जनाको ज्यान गुम्नुका साथै ४ जना घाइते भएका छन् । आगलागीपछि भयानक विस्फोटको आवाज आएको र नजिकका पसल तथा घरहरुमा पनि आगो …

पुरा पढ्नुहॊस »

केन्याको म्याराथन विश्व कीर्तिमानी खेलाडी केल्भिन किप्टमको सडक दुर्घटनामा मृत्यु

एजेन्सी । केन्या म्याराथन कीर्तिमान होल्डर किप्टमको सडक दुर्घटनामा मृत्यु भएको छ । एथलेटिक्स विश्वले म्याराथन रेकर्ड होल्डर, केल्भिन किप्टमलाई श्रद्धाञ्जली अर्पण गरेको हो । एल्गेयो बजारका प्रहरी कमाण्डर पिटर मुलिङ्गेका अनुसार किप्टमले सेडान गाडी चलाउँदै गरेको बेला राति करिब ११ बजे कप्तागाटमा रहेको आफ्नो प्रशिक्षण शिविरमा जाने क्रममा उसिन गिशु काउन्टीको एउटा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको हो । उनका श्रीमती एक छोरा र एक छोरी …

पुरा पढ्नुहॊस »

रिलायबल नेपाल लाइफको साधारण सभाबाट लाभांश पारित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश पारित गरेको छ । सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले संचालक समितिको सातौं वार्षिक प्रतिवेदन छलफलसहित पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० सारमसान्तको वासलात, नाफा, नोक्सान, हिसाव नगद प्रवाह वित्तीय विवरण २०७९ साउन …

पुरा पढ्नुहॊस »

भ्यालेन्टाइन डेको अवसरमा ‘हट एयर बेलुन’मा १४ प्रतिशत छुट

काठमाडौं । यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) को अवसरमा विशेष छुटमा पाेखरामा हट एयर बेलुन उड्न पाइने भएको छ । नेपालमा एक मात्र हट एयर बेलुन सन्चालन गरिरहेको कम्पनी बेलुन नेपालले भ्यालेन्टाइन डेको अवसरमा १४ प्रतिशत छुट अफर दिइएको कम्पनीका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए । आधा घन्टा उडानको नेपाली पर्यटकले ९५०० सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । जसमा अहिले १४ प्रतिशत छुट पाउँदा ८१७० रुपैयाँ मा हट एयर बेलुन …

पुरा पढ्नुहॊस »

पाकिस्तानमा इमरान खान समर्थित स्वतन्त्र उम्मेद्वारहरु सबैभन्दा बढी १०१ सिटमा विजयी

एजेन्सी । काठमाडौं । पाकिस्तानमा मतगणनता सम्पन्न भएको छ। प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको नतिजा आएको हो। एक सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना स्थगित भएको छ। २६४ सिटको नतिजा आउँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले पाकिस्तान तेहरिक(इ-इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट जितेको छ। पिटिआईलाई त्यहाँको निर्वाचन आयोगले उनीहरूको चुनाव चिह्न नदिएपछि पिटिआईका र त्यसका समर्थित नेताहरूले स्वतन्त्र उम्मेदवारी …

पुरा पढ्नुहॊस »

सडकमा भिडियो खिच्दै गर्दा २८ वर्षीया काउन्सिलरको गोली हानी हत्या

एजेन्सी । इक्वेडरमा एक जना काउन्सिलरको गोली हानी हत्या गरिएपछि पुरै देश शोकमा डुबेको छ । गुयासको नारञ्जलमा सडकको खराब अवस्थाबारे भिडियो खिच्दै गर्दा २९ वर्षीया डायना कार्नेरोमाथि आक्रमण भएको थियो । मोटरसाइकलमा आएका दुई संदिग्धहरूले डायनाको टाउकोमा गोली हानेका थिए । प्रहरीले भने, ‘मोटरसाइकलमा आएर दुई जना शंकास्पद व्यक्तिले उनको टाउकोमा गोली हानेर भागेका थिए ।’ त्यसपछि उनलाई हतार हतार अस्पताल पु-याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । …

पुरा पढ्नुहॊस »

बरफको ढिस्कोमा सुतेको भालुको तस्बिरलाई पुरस्कार

एजेन्सी । पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुतेको ‘पोलर बेअर’को तस्बिरले एउटा विश्वप्रतिष्ठित पुरस्कार जितेको छ । ब्रिटेनका निमा सारिखानीले खिचेको यो तस्बिरले ‘वाइल्डलाइफ फोटाग्राफर अफ द यिअर पीपल्स चोइस अवार्ड’ पाएको हो । सारिखानी व्यावसायिक उद्देश्यले नभई रमाइलोका लागि तस्बिर खिच्छन् । ‘सारिखानीले खिचेको यो आश्चर्यजनक र हृदयस्पर्शी तस्बिरले हामीलाई पृथ्वी कति सुन्दर र संवेदनशील छ भन्ने देखाउँछ,’ न्याचरल हिस्ट्री म्यूजीअमका निर्देशक डा डग्लस गरले भने, ‘उनको यो विचारोत्तेजक तस्बिरले …

पुरा पढ्नुहॊस »

भारतले मोबाइलको मुख्य कम्पोनेन्टहरूको आयात शुल्क घटायो

एजेन्सी । भारत सरकारले मोबाइल फोनको मुख्य भागको आयातमा भन्सार महसुल १५ प्रतिशतबाट १० प्रतिशतमा कटौती गरेको संघीय सरकारले बताएको छ । अर्थ मन्त्रालयको राजश्व विभागले यससम्बन्धी आधिकारिक सूचना जारी गरेको हो । भन्सार महसुल घटाइएका वस्तुहरूमा स्क्रु, सिम सकेट, ब्याट्री कभर, मेन कभर, जीएसएम एन्टेना वा मोबाइल फोनका मेकानिकल वस्तुहरू समावेश छन् । इन्डिया सेलुलर एण्ड इलेक्ट्रोनिक्स एसोसिएसन (आईसीईए) ले भारत र अन्य प्रमुख मोबाइल फोन उत्पादक देशहरूमा लगाइने …

पुरा पढ्नुहॊस »

निधन भएको भनिएकी पुनम पाण्डे जीवितै,कसरी चल्यो हल्ला ?

काठमाडौँ । शुक्रबार निधन भएको भनिएकी भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेले इन्स्टाग्राममार्फत आफू जीवितै रहेको बताएकी छिन् । आज एक भिडिओ सन्देश पोस्ट गर्दै उनले माफी समेत मागेकी हुन् । शुक्रबार बिहान उनको सामाजिक सञ्जालमार्फत निधनको खबर सार्वजनिक भएको थियो । पुनम पाण्डेको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोस्टमा लेखिएको छ, ‘आजको बिहानी हाम्रा लागि कठिन छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पुनमलाई गुमाउनु भएको जानकारी गराउँदा …

पुरा पढ्नुहॊस »