विविध

एनआईसी एशिया बैंकको वेबसाइट आयो नयाँ डिजाइनमा, अब आवाजबाट पनि जानकारी खोज्न सकिने

काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो वेबसाइट ‘एनआईसीएशिया डटकम’लाई आकर्षक फिचरहरूसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको छ । डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउनका लागि वेबसाइट नयाँक डिजाइनमा स्तरोन्नति गरिएको बैंकले जनाएको छ । बैंकले आफ्ना सेवा तथा सुविधाहरू थप ग्राहकमैत्री बनाउँदै लैजाने उद्देश्यअनुरुप वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गर्दै नयाँ डिजाइनमा सार्वजनिक गरेको हो । ग्राहकहरूले खोजेको प्रोडक्ट, विवरण वा जानकारी आवाज (voice command) द्वारासमेत सजिलैसँग खोज्न सकिने सुविधा …

पुरा पढ्नुहॊस »

आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

काठमाडौं । सरकारले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले बर्खायाममा खनेको सडक झनै बिग्रने भएकाले आउँदो भदौ मसान्तसम्म कुनै पनि सडक नखन्न भनेको हो । कार्यालयले यसबारेमा गएको २५ गते सार्वजनिक सूचना नै निकालेर असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको जनाएको थियो । बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोनलगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार …

पुरा पढ्नुहॊस »

सचिव एकनारायण अर्याललाई म्यानपावर व्यवसायीले गरे बिदाइसँगै सम्मान

काठमाडौँ । प्रधानमन्त्री कार्यालय मा सरुवा भएका श्रमसचिव एकनारायण अर्याललाई बिदाइसँगै सम्मान गरिएको छ । म्यानपावर व्यवसायीहरूले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव एकनारायण अर्याललाई बिदाईसँगै सम्मान पत्र प्रदान गरेका हुन् । सचिव अर्यालले वैदेशिक रोजगारी क्षेत्रका धेरै समस्या समाधान गरेको भन्दै व्यवसायीहरूले उनलाई बिदाइ समारोहमा सम्मान पत्र प्रदान गरे । अर्यालले करिब डेढ वर्षदेखि श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले …

पुरा पढ्नुहॊस »

सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भई रहेको सुनको मूल्य स्थिर रहेर शो मूल्यमा कारोबार भइ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ । यता, चाँदीको भाउ पनि …

पुरा पढ्नुहॊस »

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । राति गण्डकी, …

पुरा पढ्नुहॊस »

सफा हिमाल अभियानद्वारा ३४ हजार १६६ किलो फोहोर सङ्कलन

काठमाडौँ । नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरू–सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर सङ्कलन गर्न प्रारम्भ भएको ‘सफा हिमाल अभियान’ले तीव्रता पाएको छ । विश्वको सबैभन्दा ठुलो हिमाल सरसफाइ कार्यक्रम मध्येको एक यो अभियानमा कोका–कोला फाउन्डेसनले प्रमुख दाताको रूपमा सहकार्य गरेको छ । २८ मार्चमा सुरु भएको यो अभियान ५ जुनमा सकिनेछ । ९७ जनाको अभियान टिमले कठिन मौसमी अवस्थाबीच चार हिमालबाट ३४ हजार १६६ किलो फोहोर सङ्कलन गरेको …

पुरा पढ्नुहॊस »

लिपिबद्ध गरेर मात्रै सुशासन कायम हुन सक्दैन : मन्त्री पाण्डे

नवलपरासी । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री सन्तोष पाण्डेले­­ सुशासन कायम गर्नका लागी लिपिबद्ध मात्रै गरेर नभई जिम्मेवार तहबाट नै पहल गर्नुपर्ने बताएका छन् । नवलपरासी (बर्दघाट पश्चिम सुस्ता)मा भएको लुम्बिनी प्रदेश आन्तरिक, कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा सुशासनका लागी साक्षरता कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुशासन कायम गर्नको लागि अरूलाई दोष दिनु भन्दा पनि नेतृत्व तहबाट नै पहल गर्नुपर्ने आवश्यक रहेको …

पुरा पढ्नुहॊस »

हजुरबुबाको मलामी गएका नातिलाई खोलाले बगायो

काठमाडौँ । ताप्लेजुङमा मलामी गएका एक जनालाई खोलाले बगाएको छ । मिक्वाखोला गाउँपालिका-१ खोक्लिङ केराबारीमा हजुरबुबाको मलामी गएका नाति २७ वर्षीय विजय लिम्बूलाई खोलाले बगाएको हो । घटना तीन दिनअघिको हो । मेवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । विजय अझै भेटिएका छैनन् ।

पुरा पढ्नुहॊस »

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा कैलालीको गौरीगंगा कुचैनीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले कैलाली जिल्लाको गौरीगंगा न.पा.– ३, कुचैनीमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ। सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०३ पुगेको छ। बैंकले गौरीगंगा न.पा.– ३, कुचैनी कैलालीमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा गणेश प्रसाद पौडेललाई नियुक्त गरेको छ। सोमबार आयोजित एक कार्यक्रममा गौरीगंगा नगरपालिका वडा नम्बर ३, का वडाअध्यक्ष मनिराज जोशी र बैंकका अत्तरिया शाखाका प्रमुख मातृका खड्कासहित स्थानीय …

पुरा पढ्नुहॊस »

छात्राले आत्महत्या गरेपछि चितवन मेडिकल कलेजको डेन्टल ओपीडी ठप्प

काठमाडौँ । एक छात्राले आत्महत्या गरेपछि चितवन मेडिकल कलेजको डेन्टल ओपीडी सेवा ठप्प पारिएको छ । बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी सिम्रन थापाले बुधबार आफ्नै कोठामा अत्महत्या गरेपछि विरोधमा विद्यार्थीले बिहीबार अस्पतालको डेन्टल ओपीडी सेवा ठप्प पारेका हुन् । शिक्षकले परीक्षा दिइरहेकी थापालाई जबरजस्ती परीक्षा हलबाट निकालेका कारण उनले आत्महत्या गरेको भन्दै आन्दोलनरत विद्यार्थीले दोषी शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । पीडितले न्याय र पीडकलाई सजाय नभएसम्म मेडिकल …

पुरा पढ्नुहॊस »