विविध

बिहीबार यसकारण लिइन्छ भगवान् विष्णु र वृहस्पतिको व्रत

काठमाडौं । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ। कसरी पूजा गर्ने ? बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो …

पुरा पढ्नुहॊस »

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोकेपछि…

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ ह्वाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई टोकेको यो ११ औं घटना हो । घाइते ती सुरक्षाकर्मीको अस्पतालमा उपचार भइरहेको छ । कमाण्डर वाइडेन परिवारका दुई जर्मन शेफर्डमध्ये कान्छो हो । यसअघि उसले डेलावेयरस्थित राष्ट्रपतिको निवासमा पनि एक जना कर्मचारीलाई उनको हात र तिघ्रामा टोकेपछि उनलाई अस्पतालमा भर्ना …

पुरा पढ्नुहॊस »

गुगल म्यापको भर पर्दा पुलबाट खस्यो कार, गुगलविरुद्ध मुद्दा

एजेन्सी । अमेरिकाको नर्थ क्यारोलिनामा एक परिवारले प्रविधि कम्पनी गुगलविरुद्ध लापरबाही गरेको भन्दै मुद्दा दायर गरेको छ । गुगल नक्सा पछ्याउने क्रममा गत वर्ष सेप्टेम्बर ३० मा परिवारका सदस्य फिलिप प्याक्सनको मृत्यु भएको थियो । प्याक्सनले जीपीएसको सहायताले अज्ञात मार्गमा कारमा यात्रा गरिरहेका थिए । गुगल नक्साले तिनीहरूलाई पठाएको पुल भाँचिएको थियो । प्याक्सनले केही बुझ्नुअघि नै उनको कार पुलबाट २० फिट तल खसेर ज्यान गुमाए । पुल भाँचिएको भन्दै …

पुरा पढ्नुहॊस »

नेपालको विकासमा सहयोग गर्ने राष्ट्रपति सीको प्रतिबद्धता

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठुलो र सानो देशबीच समान सहअस्तित्व तथा साझा विजयीको नमुना बन्ने बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली प्रतिनिधिमण्डल र चिनियाँ राष्ट्रपति सहितको चिनियाँ टोली बीचको शिष्टाचार भेटमा सो कुरा बताएको चिनियाँ सञ्चारमाध्यमले जनाएका हुन् । साताव्यापी भ्रमणका लागि शनिवार चीन आइपुगेका प्रधानमन्त्री दाहाल …

पुरा पढ्नुहॊस »

हेमप्रभासको ‘शान्ति’मा साधाना सरगमको स्वर

काठमाडौं । बलिउडकी प्रसिद्ध गायिका साधना सरगमको स्वरमा रहेको गीत ‘शान्ति’ सार्वजनिक भएको छ । विश्व शान्ति दिवसको अवसर पारेर संविधान दिवसका दिन राजधानीको कुञ्ज थिएटरमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । एडभरटाइजिङ नेपालको प्रस्तुति रहेको गीतमा हेमप्रभास अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । कार्यक्रममा बोल्दै संविधानविद् डा.भीमार्जुन आचार्यले गीतमार्फत् आएको यस खालको शान्ति सन्देशले विशेष अर्थ राख्ने बताउनुभयो । अर्का वक्ता सबनम मुखियाले निर्माणका दृष्टिले …

पुरा पढ्नुहॊस »

आज तीज, शिव मन्दिरहरूमा बिहानैदेखि घुइँचो

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित …

पुरा पढ्नुहॊस »

कान्तिपुर मलको दशैँ-तिहार लक्षित उपहार योजना सार्वजनिक

काठमाडौं । कान्तिपुर मलले दशैँ–तिहार लक्षित उपहार योजना सार्वजनिक गरेको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गदै मलले दशैँ–तिहार लक्षित कान्तिपुर मल दशैँ तिहार उपहार योजना–२०८० सार्वजनिक गरेको हो । मलका महाप्रवन्धक अमर निरौलाले नयाँ बसपार्कका यात्रुहरुलाई लक्षित गरी यो योजना ल्याएको बताए । उनले मलमा ग्राहकहरुले एक हजार भन्दा बढी मूल्यको सामग्री खरिद गरे १५० सिसिको यमाहा मोटरसाइकल, स्कुटर, स्मार्ट एलइडी टिभी र फ्रिज उपहार रहेको उल्लेख गरे ।

पुरा पढ्नुहॊस »

वार्षिक साधारण सभा घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे

काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबारका दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ। माछापुच्छ्रे बैंक चालू आ.व. २०७९/८० मा साधारण सभा घोषणा गर्ने पहिलो बैंक बनेको हो। बैंकको शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफबाट १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६ सय ९२ (चुक्तापूँजीको १३.३० प्रतिशत) बोनस शेयर र ७ अर्ब १८ करोड ८९ (चुक्तापूँजीको ०.७० प्रतिशत) नगद लाभांश कर प्रयोजनको लागि गरेर जम्मा कर …

पुरा पढ्नुहॊस »

आज रक्षाबन्धन तथा जनैपूर्णिमा, यस्तो छ शास्त्रीय मान्यता

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान …

पुरा पढ्नुहॊस »

हाजिरी जवाफ प्रतियोगिता हुँदै

काठमाडाैं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका ४५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्तरिय हाजिरीजवाफ प्रतियोगिता–२०८० आयोजना हुँदैछ । लायन्स क्लब अफ काठमाडौं डाउन टाउनले आयोजना गर्न लागेको हाजिरीजवाफ प्रतियोगिताको व्यवस्थापन लायन्स क्लब अफ तारकेश्वर डाउन टाउनले गर्ने भएको हो । यही भदौ २६ गतेदेखि तारकेश्वर नगरपालिकाको हलमा प्रतियोगिता आयोजना गरिने कार्यक्रम संयोजक रामकृष्ण बिसीले जानकारी दिनुभयो । प्रतियोगितामा सामुदायिक विद्यालयका विद्यार्थीहरुको गुणस्तर र …

पुरा पढ्नुहॊस »