बीमा

सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: चंकी क्षेत्री

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चंकी क्षेत्रीलाई थप एक कार्यकालका लागि जिम्मेवारी दिने निर्णय गरेको छ। क्षेत्रीलाई असार १८ गतेदेखि लागू हुने गरी थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पदस्थापन गरिएकाे हो। उनीसँग बीमा क्षेत्रमा २ दशक भन्दाबढी समयको अनुभव छ । सगरमाथा इन्स्योरेन्स कम्पनीमा आउनु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योेरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्य अनुभव संगालेका छन् ।

पुरा पढ्नुहॊस »

रिलायन्स लाइफको तेस्रो साधारण सभा सम्पन्न, गर्‍यो यी प्रस्ताव पारित

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । विभिन्न प्रस्तावहरु परित गर्दै कम्पनीको तेस्रो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको हो । साधारण सभामा अध्यक्ष ताराचन्द केडियाले सभाको अध्यक्षता गर्दै आर्थिक वर्ष ७५-७६ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । सो सभाले सञ्चालक समितिको आ.व. ७५-७६ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७५-७६ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणका …

पुरा पढ्नुहॊस »

आईएमई लाइफ इन्स्योरेन्सको ६० करोडको आईपीओ आउँदै

काठमाडौं ।  आईएमई लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँको आईपीओ ल्याउने भएको छ । इन्स्योरेन्सले अंकित मूल्य  १ सय  रुपैयाँको दरले ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले  नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । उक्त आवेदन स्वीकृत भएपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ ।

पुरा पढ्नुहॊस »

ज्योति लाईफ इन्स्योरेन्सद्वारा जीवन बीमा दावी भुक्तानी

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको प्रादेशिक कार्यालय धनगढी कार्यालयले जीवन दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमित जगदिश कुमार भट्टको २०७६ साल फागुन ८ गते उपचारको क्रममा निधन भएकोले बीमितका श्रीमती मन्जु कुमारी भट्टलाई २ लाख ९ हजार ८ सय रुपैयाँ बराबराको जीवन बीमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको हो । मृतकको श्रीमती मन्जु कुमारी भट्टले बीमित भट्टको मृत्यु भएको जानकारी गराई आवश्यक कागजात पेश गरि उक्त भुक्तानी पाएकी हुन् …

पुरा पढ्नुहॊस »

गण्डकी सरकारले ३ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा नेपाल सरकारसँगको समन्वयमा प्रदेशका सबै नागरिकलाई आगामी तीन वर्षभित्र स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्न दुई करोड रूपैयाँ छुट्याइएको उल्लेख छ । अपाङ्ग, असहाय, अशक्त, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र विपन्नवर्गको उपचारको लागि प्रदान गर्दै आएको सुविधालाई निरन्तरता दिने व्यवस्था मिलाइएको प्रदेशका आर्थिक मामिला तथा योजना …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके सुपर तलब खाता अन्तर्गत सात लाख रुपैयाँ दुर्घटनाजन्य मृत्युको बीमा दाबी रकम भुक्तानी गरेको छ । नेपाल ईकरात ईन्जिनियरिङ्ग कम्पनीमा कार्यरत कर्मचारी रविन सूनारको दुर्घटनामा परी असामयिक निधन भएकोमा बैंकले उक्त रकम भुक्तानी गरेको हो । निधनपश्चात् मृतक सुनारका पिता ठुलो कान्छा सुनारलाई बैंकको हेटौंडा शाखा कार्यालयका शाखा प्रबन्धक रमेश प्याकुरेलले उक्त बीमा दाबी रकम सात लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।  

पुरा पढ्नुहॊस »

ज्योति लाईफकाे बीमा योजना सम्बन्धी एनिमेसन भिडियो सार्वजनिक

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले ग्राहकहरुलाई आफ्ना बीमा योजना सम्बन्धी एनिमेसन भिडियो सार्वजनिक गरेको छ । ज्योति लाईफले बीमा योजना सम्बन्धी सरल र विस्तृत जानकारीको  लागि उक्त भिडियो सार्वजनिक गरको हो । यो नेपालको बीमा क्षेत्रमा  नै नौलो प्रयोगको हो ।भिडियोमा ज्योति सुरक्षित भविष्य जीवन बीमा योजना सम्बन्धी तथा यसले गर्ने रक्षावरण सम्बन्धी सम्पूर्ण जानकारी समावेश गरिएको छ । नेपालमै सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्मका आर्थिक …

पुरा पढ्नुहॊस »

नेको इन्स्योरेन्सले नेपाल एसबीआई बैंकका खातावालाहरुको दुर्घटना र स्वास्थ्य बीमा गर्ने

काठमाडौं  । नेको इन्स्योरेन्सले नेपाल एसबीआई बैंकसँग खातावालाहरुको दुर्घटना बीमा र स्वास्थ्य बीमा गर्ने भएको छ ।विगत २५ बर्षदेखि नेपाली बीमा बजारमा निरन्तर सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्सले सेवा विस्तार गर्ने क्रममा नेपाल एसबीआई बैंकसँग खातावालाहरुको दुर्घटना बीमा र स्वास्थ्य बीमा गर्ने संझौता सम्पन्न गरेको हो । संझौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का र बैंकको तर्फबाट बैंकका मुख्य ब्यापार प्रवर्धन अधिकृत छपिराज पन्तले हस्ताक्षर गरे ।

पुरा पढ्नुहॊस »

सिटिजन लाइफ इन्स्योरेन्सद्धारा ४ लाख १५ हजार २ सय बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाले बीमा दावी वापत ४ लाख १५ हजार २ सय रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्स प्रदेश न- ७, कंचनपुर, बेदकोट न. पा. वडा न.- ३ निवासी बीमित स्व. मोहन चौधरीकी धर्मपत्नी सरिता चौधरीको बैंक खातामा उक्त रकम जम्मा गरिदिएको हो । बीमित स्व. मोहन चौधरीको मोटरसाईकल दुर्घटनाका कारण २०७७ साल्, जेठ ५ गते मृत्यु              भएको थियो …

पुरा पढ्नुहॊस »

गुहेस्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडका कर्मचारीबाट अजोड इन्स्योरेन्स लिमिटेड मार्फत बिमालेख खरिद

रुपन्देहीको बुटवलमा क्षेत्रीय कार्यालय रहेको गुहेस्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेड को क्षेत्रीय कार्यालय बुटवल मा कार्यरत सम्पूर्ण कर्मचारी तथा कर्मचारीका परिवारको कोरोना बिमा गराएका छन् मंगलबार कार्यरत कर्मचारीहरुले अजोड इन्स्योरेन्स लिमिटेड मार्फत उक्त बिमालेख खरिद गरेका छन् । पछिल्लो समय रुपन्देही जिल्ला अति उच्च जोखिम मा रहेको र कर्मचारी हरु दिनहु जसो कार्यालयमा आएर काम मा खटिनुपर्ने भएकोले बिमालेख खरिद गरिएको क्षेत्रीय प्रबन्धक बरुण पौडेलले बताए । संक्रमण दिनप्रति …

पुरा पढ्नुहॊस »