आर्थिक

एआईलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच सहकार्य

काठमाडौं । काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ। आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनीतिक सहकार्य भएको हो। यो सहकार्यसँगै प्रिक्सा टेक्नोलोजीले अब ब्रिटिस कजेलमा एआई, मेसिन लर्निङ, डेटा साइन्स, क्लाउड प्रविधि लगायतका विषयमा विशेष सत्रहरू सञ्चालन गर्नेछ। यस सहकार्यबारे प्रिक्सा टेक्नोलोजीका निर्देशक अनिरुप घिमिरेले नयाँ प्रतिभाको विकास गर्न र सूचना प्रविधिको क्षेत्रमा नवीनतालाई बढावा …

पुरा पढ्नुहॊस »

साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन (आइतबार) सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजावी सुन तोलामा १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । यस दिन चाँदि …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा पुगेको छ ।

पुरा पढ्नुहॊस »

धनगढीमा टिभिएस कम्पनीका दुई मोटरसाइकल सार्वजनिक

धनगढी । धनगढीका लागि टिभिएसको आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्सले टिभिएस कम्पनीको दुईवटा मोटरसाइकल सार्वजनिक गरेको छ । टिभिएस मोटर्स नेपालको एकमात्र बिक्रेता जगदम्बा मोटर्सले टिभिएस रोनिन र टिभिएस आपाचे आरटिआर १६० भी फोर एफ आईको काठमाडौंमा सार्वजनिक गरेपछि धनगढीमा पनि शुक्रबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक दीपक मल्ल र बागेश्वरी अटोमोटिभ्स धनगढीका सञ्चालक प्रेम साउँदले संयुक्तरुपमा दुई मोटरसाइकलको सार्वजनिक गरेका …

पुरा पढ्नुहॊस »

हिरो मोटरसाइकल पार्टपुर्जा अभाव हुन नदिइने सीजी मोटर्सको प्रतिबद्धता

काठमाडौँ । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागेको जनाएको छ। विगत केही समयदेखि हिरोको आधिकारिक बिक्रेताको बोरमा अन्योल कायम रहँदा हिरोका उपभोक्ताहरूले आफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थियो। अब सीजी मोटर्स हिरोको आधिकारिक बिक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने अवस्था बनेको छ। सिजी मोटर्सले आफ्ना उपभोक्तालाई विश्वस्तरीय सेवा दिने प्रण गरेको छ। ‘हामीले उपभोक्तालाई खाली मोटरसाइकल र …

पुरा पढ्नुहॊस »

स्पोर्ट्स एचडीले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौँ । डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्सन स्पोर्ट्स एचडी च्यानलमा गर्ने भएको छ । फेब्रुअरी, २०२४ देखि मार्च १८, २०२४ सम्म, नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ–एक्सनहरू हेर्ने रोमाञ्चक अवसर पाउनेछन् । ‘नेपालीहरूको क्रिकेट प्रतिको माया र साथ देखेर हामीले आज १७ फेब्रुअरी बाट प्रत्यक्ष प्रसारण गर्ने भएका छौ।’ डिशहोमका प्रतिनिधिले भने । रोमाञ्चक क्याचदेखि सनसनीपूर्ण रन चेजसम्म, पीएसएलले उत्कृष्ट रूपमा क्रिकेटको उत्साह प्रदान गर्ने डिशहोमले …

पुरा पढ्नुहॊस »

आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१-८२ का लागि बजेट सिलिङ १८ खर्ब रुपैयाँ तोकिएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी वर्ष यो सीमाभित्र रहेर बजेट आउने जानकारी गराएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले बजेट सिलिङ निर्धारण गरेको हो । पत्रकार सम्मेलनमा मन्त्री महतले चालू आर्थिक वर्षको बजेट कटौती नभएको बताए । उनले संसदले पारित गरेको बजेट अर्थमन्त्रालयले कटौती गर्न नसक्ने भन्दै …

पुरा पढ्नुहॊस »

क्लोजअप नेपालद्वारा ‘नजिक आउ’ सिरिजको अन्तिम भाग सार्वजनिक

काठमाडौं । क्लोजअप नेपालले ‘भ्यालेन्टाइन्स डे’ को दिनमा नजिक आउ वेब सिरिजको अन्तिम भाग सार्वजनिक गरेको छ। क्लोजअप नेपालले भ्यालेन्टाइन्स डे को अवसरलाई लक्षित गरी निरन्तरता दिएको नजिक आउ अभियान अन्तर्गत नजिक आउ वेब सिरिज सुरुवात गरेको हो। यस अभियानको लक्ष्य आपसी आकर्षणलाई सामिप्यतामा मिल्न प्रोत्साहन गर्नु रहेको बताइएको छ। एक ओरल केयर ब्राण्डको रुपमा स्थापित क्लोजअपले हरेक व्यक्तिलाई आत्मविश्वासका साथ आफ्ना प्रियजनसँग नजिक हुन प्रेरित गरेको कम्पनीको दावी छ। …

पुरा पढ्नुहॊस »

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार १४.४६ अंकले घटेको सेयर बजार २०६२.०३ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँको कारोबार भएको छ । यसदिन ७९ कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रह्यो ।

पुरा पढ्नुहॊस »

सर्वोत्तमको आईपीओ मूल्य ३६० रुपैयाँ ९० पैसा

काठमाडौँ । पहिलो पटक बुक बिल्डिङ पद्धतिबाट मूल्यांकन भई सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि फागुन १३ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारमा रहेका तथा प्रभावित स्थानीयका लागि बाँडफाँट भइसकेपछि कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । फागुन १३ देखि १६ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक सार्वजनिक सूचनामार्फत जनाएको छ । सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत कम्पनीको आईपीओमा …

पुरा पढ्नुहॊस »