प्रदिप नेपाल

सेलपेकाे आकर्षक अफर, “चुट्कीमै हुन्छ कमाल !”

नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक (PSP), Cellcom Private Limited – CellPay ले एक आकर्षक अफर ल्याएको छ । जसमा ग्राहकहरूले आफ्नो बैंक खाता CellPay मा लिंक गरि रु १०१ को वालेट ब्यालेन्स तत्काल प्राप्त गर्न सक्नेछन्। साथै ग्राहकले हरेक हप्ता रु ५००० को CellPay कार्ट भाउचर कुपन जित्ने मौका पनि पाउँछन्। यो अफर १५ मे २०२२ बाट सुरु भइ १६ अगस्टमा २०२२ अन्त्य हुनेछ। प्रक्रिया १. प्ले …

पुरा पढ्नुहॊस »

१२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ६२७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या १५० पुगेको छ। यो अवधिमा थप ९ जना संक्रमणमुक्त भएका छन् ।

पुरा पढ्नुहॊस »

स्थानीय तह निर्वाचन : ५७२ स्थानीय तहकाे परिणाम सार्वजनिक, कांग्रेसकाे अग्रता कायमै

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको ५७२ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। हालसम्मको नतिजामा नेपाली कांग्रेसले फराकिलो अग्रता बनाएको छ। २०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको कांग्रेसले २०७९ मा आइपुग्दा नतिजामा सुधार गरेको हो। कांग्रेसले हालसम्म २५३ स्थानीय तहमा जित हासिल गरेको छ । यसैगरी अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो स्थान ओगटेको एमालेको नतिजा खस्किएको छ। नतिजाअनुसार एमालेले १६५ स्थानीय तह जितेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार …

पुरा पढ्नुहॊस »

गणतन्त्र दिवस तीन दिन मनाउने सरकारकाे निर्णय

सरकारले तीन दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ । जेठ १४, १५ र १६ गते सरकारले गणतन्त्र दिवस मनाउने भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार बसेको ‘गणतन्त्र दिवस २०७९’ मुल समारोह समितिको बैठकले दिवसलाई तीन दिनसम्म विभिन्‍न कार्यक्रम गरि मनाउने निर्णय गरेको हो। निर्णयअनुसार १४ जेठको साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ साँझ दीपावली गर्नुपर्ने भएको छ। …

पुरा पढ्नुहॊस »

अवैध सुनसहित एक जना पक्राउ

झापामा अवैधरुपमा लुकाई ल्याएको ३ सय ४९ ग्राम ७ सय मिलिग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका–२ बस्ने कैलाली जानकी गाउँपालिका–५ वतन भएका ३३ वर्षीय धिरेन्द्र जैसी रहेका छन्। उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल अगाडि सडकमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित फेला पारी उनलाई पक्राउ गरेको हो। उनलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय झापामा …

पुरा पढ्नुहॊस »

रामेछापको मन्थलीमा एमालेका उम्मेदवार विजयी

रामेछाप जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)का उम्मेदवार विजयी भएका छन् । मन्थली नगरपालिका प्रमुखमा एमालेका लब श्रेष्ठ ९ हजार ७१८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोद कार्कीले ९ हजार १२२ मत ल्याए । उपप्रमुखमा एमालेकी ईश्वरी बस्नेत विजयी भइन् । बस्नेतले ९ हजार १६१ मत ल्याउँदा उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी यशोदा श्रेष्ठले ९ हजार ५४ …

पुरा पढ्नुहॊस »

पूर्वमन्त्री गाेकुल बास्काेटाकाे नगर काभ्रेकाे मण्डनदेउपुरमा गठबन्धन विजयी

एमालेका नेता एवं पूर्वमन्त्री गाेकुल बास्काेटाकाे गृहनगर काभ्रेकाे मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । मेयरमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टाेकबहादुर वाइवा विजयी भए । यस्तै उपमेयरमा नेपाली कांग्रेसले जितेकाे छ । कांग्रेसका उम्मेदवार विष्णुमणि नेपाल भारी मतान्तरका साथ विजयी भएका हुन् । मण्डनदेउपुर पूर्वमन्त्री गाेकुल बास्काेटाकाे गृहनगर हाे । उनकाे वडामा भने एमालेले प्यानलै जितेकाे भए पनि नगरपालिकामा भने जित्न सकेन । यस अघि एमालेका तर्फबाट जितेका टाेकबहादुर वाइवा …

पुरा पढ्नुहॊस »

भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि

भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् । ३२ हजार ८९४ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले १२ हजार २१२ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९ हजार ८७४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३३२ मत पाएका छन् । उपमेयरमा कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले १४ हजार ४५३ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले ८ हजार ६ मत पाएकी …

पुरा पढ्नुहॊस »

डोटीमा मतगणना सम्पन्न, कांग्रेस सात पालिकामा विजयी

डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ। यसपालिको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस पहिलो बनेको छ। जिल्लाका नौ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेस सात स्थानीय तहमा विजयी भएको छ भने दुई पालिकामा झिनो मतले पराजित भएको छ। पराजित भएको बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ। विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सीमित रहेको थियो । यसपटक पराजित भएको …

पुरा पढ्नुहॊस »

काेराेना अपडेट : ६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ४७२ नमूना परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ८ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १४७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय काेरोनाविरुद्धको खोप लगाउनेको संख्या ३५ हजार ८५२ रहेको छ ।

पुरा पढ्नुहॊस »