news

सप्तकोशी डेभलपमेन्ट बैंकका सीइओ सुवेदी पक्राउ

सप्तकोशी डेभलपमेन्ट बैंकका सीइओ नविन सुवेदी पक्राउ परेका छन् । मोरङ प्रहरीले सुवेदीलाई बेलुका बिराटनगरबाट पक्राउ गरेको हो । सुवेदी सहित बैंकका अन्य २ कर्मचारीहरु पनि पक्राउ परेका छन् । प्रहरीले बैंकका वित्तीय प्रमुख देवी प्रसाद भण्डारी र बैंकका अप्रेसन प्रमुख अमित थापा मगरलाई पनि पक्राउ गरेको जानकारी प्राप्त भएकाे छ । बैंकमा १५ करोड ७५ लाख हिनामिना भएको उजुरी परेपछि प्रहरीले अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याक

काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ लोकप्रिय रुपमा प्रस्तुत भइरहेकाे छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिने टेलिकमले जानकारी दिएकाे छ । त्यस्तै प्याकमा उपलब्ध डाटाकाे लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिने पनि सुबिधा रहेकाे छ । प्याक अवधिभरी ग्राहकले आफ्नो आवश्यकता अनुसार …

पुरा पढ्नुहॊस »

बीमाशुल्क संकलनमा नेपाल लाइफको अग्रता कायमै

काठमाडौं । बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्सकाे अग्रता कायमै  छ । जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमाशुल्क संकलनमा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना वा मंसिर अन्त्यसम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । आउँदा दिनहरुमामा यसलाई अझ बढाउने योजनाका साथ काम गरेको कम्पनीले वताएकाे छ । जीवन बीमाको क्षेत्रमा …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकको नयाँ शाखा धनकुटा र चन्द्रगढिमा

काठमाडाैं । एक्सेस टु अल भन्ने मुल नारासहित गरिमा विकास बैंकले थप दुई स्थानमा शाखाकाे विस्तार गरेकाे छ । जसअन्तर्गत बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमानयाँ नयाँ शाखा संचालनमा ल्याएको हाे । याेसँगै गरिमा विकास बैंककाे शाखा कार्यालय नेपालभर १ सय १८ वटा पुगेकाे छ । साे बैंकले १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको …

पुरा पढ्नुहॊस »

“मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न”

मुक्तिनाथ विकास बैंक लि.ले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत लुम्बनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पुस महिनामा बैंकले कोटीहवा स्थित पशुपती स्कुल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । सोही कार्यक्रममा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षक, शिक्षकाहरुको सहभागीता रहेको थियो  । त्यसैगरी बैंकले सुन्वाल–११, जारगह स्थित नेपाल प्रहरी युक्ति टे«निङ्ग सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न …

पुरा पढ्नुहॊस »

बुधबार नेपालमा थप एकजनामा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि

काठमाडौं । नेपालमा फेरी एक अर्का व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आज बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले यस्ताे जानकारी गराएकी हुन् । नेपालकी एक ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी उनले दिइन् । प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइन् । उनले ती व्यक्ति मन्त्रालयको नियमित सम्पर्कमा रहेको बताइन्। योसँगै …

पुरा पढ्नुहॊस »

भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१३ पुग्यो

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट भारतमा २१३ जना सङ्क्रमित फेला परेका छन्। ओमिक्रोनबाट सङ्क्रमित भएकाहरु दैनिकरुपमा थपिदै गएर अहिलेसम्म २ सय १३ जना पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। तीमध्ये सबैभन्दा धेरै दिल्लीमा छन्। दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट सङ्क्रमित छन्। याे भाइरसकाे संक्रमणमा दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित भएका छन्। पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट छ हजार ३१७ जना सङ्क्रमित भएका छन्। त्यस्तै ३ सय १८ …

पुरा पढ्नुहॊस »

काठमाडौंको तामक्रम ३ डिग्री, हुम्लामा माइनस ६

काठमाडौं । काठमाडौं उपत्यकालगायत मुलुकभर चिसो  बेस्सरी थालेको छ । राती र बिहानपख तापक्रम घट्न थालेको हो। काठमाडौं उपत्यकामा दिउँसो घाम लागेपनि साँझ बिहान भने चिसो बेस्सरी बढ्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८ बजेर  ४५ मिनेटमा काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको हो। अधिकतम तापक्रम घटेर १७ दशमलव ४ डिग्रीमा पुगेको छ। आज सबैभन्दा जुम्लाको तापक्रम कम रहेकाे छ । आज जुम्लाको तापक्रम …

पुरा पढ्नुहॊस »

एनसीसी बैंककाे बुक क्लोज र साधारणसभाको मिति ताेकियाे

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले आगामी पुस १२ गते बुक क्लोज गर्ने भएकाे छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि त्याे एकदिन बुक क्लोज गर्न लागेको हो । याेसँगै पुस ११ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकको आर्थिक वर्ष २०७७/७६ को लाभांश पाउने भएका छन् । बैंकले आफ्नो २४ औं वार्षिक साधारणसभा आगामी पुस २९ गते बिहान ११ बजे काठमाडौंको बागबजारस्थित रहेको होटल हार्दिकमा गर्दैछ । साे …

पुरा पढ्नुहॊस »

सिरहामा दुई समूहबीच छुरा हानाहान, एकजनाको मृत्यु

सिरहाको गोलबजार नगरपालिका वडा नं‍ ६ मा दुई समूहबीच भएको छुरा हानाहानमा एक युवकको ज्यान गएकाे छ । अर्का एकजना घाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका गोलबजार–६ डोहटियाका करिब २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका–९ मा रहेको आरके मेरीसीटी अस्पताल पुर्याएकाे भएपनि उनको मृत्यु भएको अस्पतालले वताएकाे छ। घाइते सो ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरीसीटी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुई समूहबीच झडप भएको …

पुरा पढ्नुहॊस »