सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।
‘विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि १०० मिलियन अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिन वार्ताटोली गठन गर्ने निर्णय भएको छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गृहमन्त्री बालकृष्ण खाणले बताए।
तपाईंको प्रतिकृया




