काठमाडौँ । रुपन्देहीमा बिहानमा भएको बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ५ जना सनाखत भएको छ । भैरहवा-परासी हुलाकी सडक अन्तर्गत रोहिणी पुलमा भएको दुर्घटनामा मृत्यु हुने ९ जनामध्ये ५ जनाको सनाखत भएको हो ।
मृत्यु हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ । दुर्घटनामा भारतीय नागरिक ४० वर्षीय अरविन्द शर्माको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ४ मृतकको सनाखत भइसकेकाे छैन ।
उपचाररत रहेका २४ जना यात्रुमध्ये १६ जनाको अवस्था गम्भीर छ । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिबस बिहान साढे ४ बजे पुलबाट खस्दा दुर्घटनामा परेको थियो ।
तपाईंको प्रतिकृया



