काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार ५ करोड रुपैयाँ समायोजनपछि बैंकको वितरण योग्य नाफा १ अर्ब ८९ करोड २० लाख रुपैयाँ रहेको छ ।
खुद ब्याज आम्दानी ३४ प्रतिशतले बढेर २ अर्ब ५६ करोड रुपैयाँ आर्जन गरेको छ। व्याज आम्दानी ६२ प्रतिशतले बढ्दा व्याज खर्च भने ७८ प्रतिशतले बढेको छ।
असारसम्ममा ८१ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ७० करोड रुपैयाँ ऋण लगानी गरेको छ। चुक्ता पूँजी ८ अर्ब तीन करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा तीन अर्ब २९ करोड रुपैयाँ छ।
पूँजी कोष अनुपात १३.२८ प्रतिशतबाट १२.५४ प्रतिशतमा झरेको छ। बढ्दो पूँजी कोष अनुपातलार्इ पनि प्रयोग गर्दा बैंकको वित्तीय विवरणको आकार बढेको छ।
खराव कर्जामा ०.२२ प्रतिशतको सुधारसँगै ०.६६ प्रतिशतमा झरेको छ। आधार व्याजदर पनि थोरै ०.१७ प्रतिशतले घटेर १०.४७ प्रतिशत छ। स्प्रेड दर ०.८७ प्रतिशतले बढेर ४.३२ प्रतिशत छ। प्रति शेयर आम्दानी २३ रुपैयाँ छ।
तपाईंको प्रतिकृया




