यौन अपराधविरुद्ध उजुरीको हद म्यादसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत

काठमाडौँ । संघीय संसद्को राष्ट्रिय सभाबाट यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकनसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

शुक्रबारको राष्ट्रिय सभाको बैठकले सभाबाट स्वीकृत यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकनसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देश गरेको छ ।

यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरे । राष्ट्रिय सभा सदस्य कमला पन्तको उक्त संकल्प प्रस्तावलाई विमला राई पौड्याल, विमला घिमिरे, गंगाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी साह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंहले समर्थकको रुपमा दर्ता गराएका थिए । जुन संकल्प प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

‘माननीय कमला पन्त प्रस्तावक र माननीय विमला राई पौड्याल, विमला घिमिरे, गंगाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी साह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भई दर्ता गर्नु भएको यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु । माननीय सदस्यहरु सभाबाट स्वीकृत यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न नेपाल सरकारलाई यो सभा निर्देश गर्दछ,’ अध्यक्ष तिमिल्सिनाले भनेका थिए । राष्ट्रिय सभाको अर्को बैठक जेठ २४ गते दिउँसो १ बजे बस्ने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

२२९ जना प्रहरी सहायक निरीक्षकमा बढुवा, को-को परे ? (सूची)

काठमाडौँ । नेपाल प्रहरीका २२९ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस