काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश वितरण नगर्ने भएको छ । जेठ १७ गते मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि बोनस शेयरलगायतका कुनै पनि प्रकारका लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्ष २०७७र७८ को जगेडा कोषमा रहेको रकमबाट बोनस शेयर वितरण गरेर बीमा समितिले कायम गरेको चुक्तापुँजी पुग्ने भए पनि कम्पनीले पुँजी जुटाउने अन्य उपायको खोजी गर्ने भन्दै अहिले बोनस शेयर वितरण नगर्ने निर्णय गरेको छ ।
कम्पनीले यसअघि ३० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी साढे २ करोड पुर्याउनुपर्ने निर्देशन दिएको छ ।
प्रतिकृया दिनुहॊस