काठमाडौँ । एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र(एईपीसी)काे केन्द्रीय नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि सम्झौता भएको छ ।
यी दुई संस्थाबीच मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जामा लगानी प्रवर्द्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रमअन्तर्गत कर्जा नोक्सानी सुरक्षणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो । यो सम्झौतापछि बैंकले उक्त प्रदेशहरुमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभए त्यस्ता कर्जामा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्ने एनएमबी बैंकले जनाएको छ । यसले एनएमबि बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्नको लागि सहयोग मिल्ने बताएको छ ।
बैंकका अनुसार दीगो बैंकिङ्ग मार्फत देशमा वास्तविक अर्थतन्त्रको प्रवर्द्धनको लागि साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखी बैंकले विभिन्न कार्य गर्दै आएको छ ।
बैंकले स्वच्छ ऊर्जाको प्रवर्द्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दीगो तरिकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्ने र भारतबाट बिजुली र जीवाषेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई साथ दिइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहॊस