काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर उठ्न नसकिरहेको बेला काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साहले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग भेटवार्ता गरेका छन् । बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको अवस्था र सञ्चालनका लागि सहयोग गर्ने विषयमा नगरप्रमुख साहले मन्त्री झाँक्रीसँग भेटवार्ता गरेका हुन् ।
बिहीबार मन्त्रालयमा मन्त्री भेट्न पुगेका नगरप्रमुख साहले बन्चरेडाँडाको ल्याण्डफिल साइट सञ्चालन गर्नको लागि शहरी विकास मन्त्रालयलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्नुपर्ने बताइन् ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख साह र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं तयार रहेको बताइन् ।



