काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ प्रतिलिटर १० रुपैंयाँ घटाएको छ । निगमले पेट्रोल र डिजेलमा आजदेखि लागू हुने गरी प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।
मट्टितेलमा पनि १० रुपैयाँ घटाइएको छ । निगम सञ्चालक समितिले १० रुपैयाँ मूल्य घटाउने निणर्य गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन् । सरकारले कर समायोजन गरेर मूल्य घटाउने निणर्य गरेको थियो ।
निगमका अनुसार अब पेट्रोलको मूल्य १७० रुपैयाँ प्रतिलिटर, डिजेलको १५३ रुपैयाँ र मट्टितेलको १५३ रुपैयाँ कायम भएको छ ।
तपाईंको प्रतिकृया




