परिवारलाई बुझाइयो आइतवार विमान दुर्घटनामा मृत्यु भएकाको शव

काठमाडाै । तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव परिवारलाई बुझाइएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा दुई दिन पोस्टमार्टम गरिसकेपछि मृतकको शव आफन्तको जिम्मा लगाइएको हो । आइतवार पोखराबाट बिहान जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाकै मृत्यु भएको थियो । चालक दलका तीन सदस्य सहित १९ यात्रु गरी २२ जना विमानमा थिए ।

गत आइतबार बिहान ९ बजेर ५५ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०:०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्रा टुक्रा परेको अवस्थामा सोमबार बिहान फेला परेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री