काठमाडौं । आज पनि नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । लामो समय कारोबार रोक्का भएर खुलेको बैंकको सेयरर मूल्य दोश्रो कारोबारको दिन पनि १० प्रतिशतले घटेको हो । हिजाेजस्तै मंगलबार कारोबार शुरु भएको केही समयमै बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ३१ रुपैयाँमाँ झरेको छ । जुन सोमबारको तुलनामा प्रतिकित्ता ३६.७० रुपैयाँले कमी हो ।
बैंकको सेयर कारोबार २०७८ बैशाख ३१ गतेदेखि रोक्का भएको थियो । हिमालयन बैंकसँग मर्जर प्रकृयामा जानको लागि नेप्सेले सो दिनदेखि दुबै बैंकको सेयर कारोबार रोक्का गरेको बैंकले जनाएकाे छ ।
तपाईंको प्रतिकृया



