तारा एयर दुर्घटना : पोखराबाट शव काठमाडौं ल्याइँदै

मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ। विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोखरा विमानस्थलमा झारिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत् शव पोखरा विमानस्थल लगिएको हो।

शवहरु पोखराबाट काठमाडौं ल्याएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने र त्यसपछि आफन्तको जिम्मा लगाइने जनाइएको छ।

शव ल्याइने भएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार जम्मा हुन थालेका छन् ।

आइतबार विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना सवार विमान उडान भरेको केही मिनेटमै सम्पर्कविहीन भएको थियो। उक्त विमान सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। विमान दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस