रक्सी खानेहरुलाइ मर्का, रक्सीको मूल्य कति बढ्यो ?

काठमाडौं । सरकारले बियरको मूल्य बढाएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले बियरमा प्रतिलिटर ३० रुपैयाँले कर बढाएका छन् । यसअघि प्रतिलिटर १ सय ९८ रुपैयाँ लाग्दै आएको अन्तशुल्कमा ३० रुपैयाँले थप गरी २ सय २८ रुपैयाँ बनाइएको छ । याेसँगै इनर्जी ड्रिग्समा प्रतिलिटर ३६ रुपैयाँबाट १४ रुपैयाँले बढाएर ५० रुपैयाँ भएकाे छ । अरु इनर्जी ड्रिग्सको हकमा १४ रुपैयाँलाई २५ रुपैयाँ ताेकिएकाे छ । अल्कोहलरहित बियरमा प्रतिलिटर २० रुपैयाँलाई ३० रुपैयाँ बनाइएको छ ।

सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकेजी २ सय ८१ रुपैयाँबाट बढाएर ३ सय ५० रुपैयाँ बनाइएको छ । सुर्तीरहित पान मसलामा प्रतिकेजी ८ सय १२ रुपैयाँलाई ८ सय २१ रुपैयाँ बनाइएको छ । अरु मदिराको हकमा १ हजार ५ सय ९२ रुपैयाँ भएकोमा १ हजार ७ सय ५० रुपैयाँ बनाइएको छ । ह्विस्कीको कच्चा पदार्थका रुपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर १ सय ९८ रुपैयाँलाई बढाएर २ सय २८ रुपैयाँ बनाइएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

अब भाटभटेनी भवनका छतमा विद्युत् प्लान्ट

काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । …

प्रतिकृया दिनुहॊस