वीरगञ्जको रुंगटा मलमा मेगा बैंक नेपाल लिमिटेडको शाखा स्थापना

काठमाडौ । वीरगञ्जको रुंगटा मलमा मेगा बैंक नेपाल लिमिटेडको शाखा स्थापना भएकाे छ। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ कार्यालयको उद्घाटन गरे । यसअघि आदर्शनगरमै रहेको शाखा रुंगटा मलमा स्थानान्तरण गरिएको हो ।

मेगा बैंकका अध्यक्ष शाहले मेगा बैंकले अत्याधुनिक बैंकिङ सेवाका साथै छिटो, छरितो र प्रभावकारी ढंगले सेवा प्रवाह गरिरहेको बताए। औद्योगिक नगरी वीरगञ्जलाई मेगा बैंकले सँधै प्राथमिकता दिएको बताउँदै अध्यक्ष शाहले युवा उद्यमी, निर्यातमुखी कृषि तथा निर्यातमुखी व्यवसायलाई मेगा बैंकले प्राथमिकता र प्रोत्साहन गरिरहेको जानाकारि दिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकको १ लाख ३१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडाैं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक …

प्रतिकृया दिनुहॊस