काठमाडाैँ । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालकाअनुसार मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हाे ।
यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको प्रवक्ता सिलवालले बताए । यसबारेमा थप विवरण आउन बाँकी छ ।
आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर खोज्न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली प्ररिचालित भएका थिए ।
तपाईंको प्रतिकृया




