त्रियुगामा कांग्रेसको अग्रता कायमै, एमालेलाई पछ्याउँदै एकीकृत समाजवादी

काठमाडौँ । त्रियुगाको मेयरमा नेपाली कांग्रेसले अग्रता बढाएको छ । कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार बसन्तकुमारले अग्रता बढाएका हुन् ।

उनी प्रतिस्पर्धी एमालेका भागवत राउतभन्दा १९३७  को मतान्तरले अगाडि छन् । बस्नेत १० हजार ७१४ मतका साथ अग्रस्थानमा छन् भने राउतले  ८ हजार ७७७६ मत पाएका छन् । एकीकृत समाजवादीका बलदेव चौधरीले ७ हजार ४१० मतका साथ पछ्याइरहेका छन् ।

उपमेयरमा भने एमालेले अग्रता लिएको छ। एमालेकी उपमेयर उम्मेदवार महेश्वरी राईले ९६६६ मत ल्याएर अग्रता लिइरहेकी छन् । उनलाई नेपाली कांग्रेसकी सरिता राईले ९५०० मतसहित पछ्याइरहेकी छन् ।

सुरूदेखि नै अगाडि रहेकी सरितालाई महेश्वरीले आइतबार बिहान उछिनेकी हुन् । तेस्रो स्थानमा माओवादी केन्द्रकी गीता खड्का कार्कीलेले ५ हजार ६ सय ४३ मत प्राप्त गरेकी छन् । नगरमा कुल ६० हजार ४६ मतदाता मध्ये ४० हजार १७९ मत खसेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस