काठमाडौं । एनएमबी बैंकको एफपीओ बाँडफाँड भएको छ । प्रतिसेयर ३ सय ३३ रुपैयाँ रहेको ३ अर्ब ८० करोड १२ लाख ४९ हजार २ सय ७९ रुपैयाँबराबारको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता सेयर जेठ ३० मा सर्वसाधारणका लागि खुला गरिएको थियो ।
असार २८ गते बन्द भएको उक्त सेयरमा ६९ हजार ६ सय ४६ जनाले १ करोड १४ लाख ८३ हजार २ सय ४० कित्ताको लागि आवेदन परेको थियो ।
जसमध्ये ६९ हजार ६ सय २६ जनाको दरखास्त मात्रै योग्य भएको छ । योग्य उम्मेदवारले १ करोड १४ लाख ७८ हजार ९ सय १० कित्ता आवेदन दिएका छन् । उक्त सेयरका लागि न्यूनतम १० कित्ता र अधिकतम २ लाख २५ हजार २ सय कित्ता आबेदनबाट माग गरिएको थियो ।
तपाईंको प्रतिकृया




