सरकारको नीति तथा कार्यक्रम पारित

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

राष्ट्रपति विद्या भण्डारीले गत जेठ १० गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सो नीति तथा कार्यक्रम प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा बहुमतले पारित भएको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेलगत्तै सांसदहरुको बहुमतले पारित गरेका हुन् ।

यसअघि सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ, दुर्गा पौडेल र प्रेम सुवालले राखेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको संशोधन प्रस्ताव अस्विकृत भएको थियो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

भक्तपुरमा कारसँग स्कुटर जुध्दा २३ वर्षीय सुजनको मृत्यु

काठमाडौं । भक्तपुरमा कार र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो …

प्रतिकृया दिनुहॊस