रुखबाट लडेर एकको मृत्यु

काठमाडाैँ । रोल्पामा रुखबाट लडेर एक किशोरको ज्यान गएको छ । जिल्लाको गंगादेव गाउँपालिका-५, उदिनढुङ्गा निवासी ओन्द्र वलीका १६ वर्षीय छोरा थलराज वलीको रुखबाट लडेर शुक्रबार राति मृत्यु भएको हो ।

शुक्रबार साँझ घर नजिकैको बारीमा रुखमा घाँस काट्दै गरेका वली एक्कासी लडेर घाइते भएको र उपचारका लागि मेडिकल कलेज कोहलपुर लगेकोमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक थम्मन जिसीद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस